logo

२०८३ भाद्र २३ मंगलबार

छाउपडीविरुद्ध सशक्त आवाज बनेर आयो ‘हली’को ट्रेलर

छाउपडीविरुद्ध सशक्त आवाज बनेर आयो ‘हली’को ट्रेलर

481
SHARES
छाउपडीविरुद्ध सशक्त आवाज बनेर आयो ‘हली’को ट्रेलर

ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र **‘हली’**को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले करिब तीन मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै चलचित्रको विषयवस्तुबारे जानकारी दिएको हो।

सार्वजनिक ट्रेलरले छाउपडी प्रथाका कारण महिलाले भोग्नुपर्ने पीडा र त्यसले परिवारमा पार्ने प्रभावलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। विशेषगरी बाबु र छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राख्दै सामाजिक अन्धविश्वासविरुद्धको संघर्षलाई ट्रेलरमा देखाइएको छ।

कथाअनुसार, पहिलोपटक महिनावारी भएपछि एक किशोरीलाई छाउगोठमा बस्न बाध्य बनाइन्छ। त्यही समयमा उसको परीक्षा पर्ने भए पनि परम्परागत सोचका कारण विद्यालयले परीक्षा दिन अनुमति दिँदैन। त्यसपछि छोरीको भविष्य जोगाउन बाबुले गरेको संघर्ष ट्रेलरको मुख्य आकर्षण बनेको छ। साथै, समाजमा ‘हली’प्रति गरिने विभेदपूर्ण व्यवहारलाई पनि ट्रेलरले उजागर गरेको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक ओम प्रतीकले चलचित्रको मुख्य उद्देश्य छाउपडीजस्तो कुप्रथाविरुद्ध जनचेतना फैलाउनु रहेको बताए। उनका अनुसार अझै पनि देशका केही क्षेत्रमा महिनावारी भएका महिलालाई छाउगोठमा बस्न बाध्य पारिने अवस्था रहेकाले त्यसै यथार्थलाई पर्दामा उतारिएको हो। उनले चलचित्रले औपचारिक शिक्षाभन्दा पनि सही सोच र चेतनाको महत्वलाई उजागर गर्ने विश्वास व्यक्त गरे।

आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने **‘हली’**मा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडी र ओम प्रतीकलगायत कलाकारहरूको अभिनय रहेको छ। पूजा गुरुङ र जस्मिन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राहुल राईको छायांकन तथा रामप्रसाद चौधरीको सम्पादन रहेको छ।


शुक्रबार, ८ साउन २०८३
सम्बन्धित समाचार
Go