logo

२०८३ भाद्र ७ आइतबार

घरेलु हिंसाको आरोप लगाउँदै प्रहरीमा पुगिन् अभिनेत्री अदिति शर्मा

  • Pradip
  • सोमबार, १८ साउन २०८३
286
SHARES
घरेलु हिंसाको आरोप लगाउँदै प्रहरीमा पुगिन् अभिनेत्री अदिति शर्मा

टेलिभिजन अभिनेत्री अदिति शर्माले श्रीमान् अभिनीत विद्यानन्द कौशिकसहित सासू उर्मिला कौशिक र नन्द कीर्ति कौशिकविरुद्ध घरेलु हिंसाको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् ।

मुम्बईको गोरेगाउँ प्रहरीमा दिएको निवेदनमा अदितिले श्रीमान्ले कुटपिट गर्ने, गालीगलौज गर्ने, चरित्रमाथि शंका गर्ने र मोबाइल जाँच गर्ने गरेको आरोप लगाएकी छन् । उनले विवाहपछि सासूले आफ्ना गहना समेत आफूसँग राखेको र पटक–पटक माग्दा फिर्ता नगरेको दाबी गरेकी छन् ।

अदितिका अनुसार उनी र अभिनीतको भेट सन् २०२१ मा अनलाइन अभिनय कक्षाका क्रममा भएको थियो । केही समय प्रेम सम्बन्धमा रहेपछि परिवारको सहमतिमा उनीहरूले १२ नोभेम्बर २०२४ मा विवाह गरेका थिए ।

विवाहपछि श्रीमान्को व्यवहारमा परिवर्तन आएको र सामान्य विषयलाई लिएर समेत विवाद हुने गरेको अदितिको आरोप छ । प्रहरीले उजुरीमाथि अनुसन्धान अघि बढाउँदै नजिकका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ । घटनामा हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।

यसअघि अभिनीतले पनि अदितिमाथि सहकलाकार सामर्थ गुप्तासँग सम्बन्ध रहेको आरोप लगाएका थिए । उनका कानुनी सल्लाहकारले समेत अदितिलाई सामर्थसँग घरमै भेटेको दाबी गरेका थिए । अभिनेत्री अदिति शर्माले श्रीमान् अभिनीत विद्यानन्द कौशिकसहित सासू उर्मिला कौशिक र नन्द कीर्ति कौशिकविरुद्ध घरेलु हिंसाको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् ।
.

मुम्बईको गोरेगाउँ प्रहरीमा दिएको निवेदनमा अदितिले श्रीमान्ले कुटपिट गर्ने, गालीगलौज गर्ने, चरित्रमाथि शंका गर्ने र मोबाइल जाँच गर्ने गरेको आरोप लगाएकी छन् । उनले विवाहपछि सासूले आफ्ना गहना समेत आफूसँग राखेको र पटक–पटक माग्दा फिर्ता नगरेको दाबी गरेकी छन् ।

अदितिका अनुसार उनी र अभिनीतको भेट सन् २०२१ मा अनलाइन अभिनय कक्षाका क्रममा भएको थियो । केही समय प्रेम सम्बन्धमा रहेपछि परिवारको सहमतिमा उनीहरूले १२ नोभेम्बर २०२४ मा विवाह गरेका थिए ।

विवाहपछि श्रीमान्को व्यवहारमा परिवर्तन आएको र सामान्य विषयलाई लिएर समेत विवाद हुने गरेको अदितिको आरोप छ । प्रहरीले उजुरीमाथि अनुसन्धान अघि बढाउँदै नजिकका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ । घटनामा हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।

यसअघि अभिनीतले पनि अदितिमाथि सहकलाकार सामर्थ गुप्तासँग सम्बन्ध रहेको आरोप लगाएका थिए । उनका कानुनी सल्लाहकारले समेत अदितिलाई सामर्थसँग घरमै भेटेको दाबी गरेका थिए ।

सोमबार, १८ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go