तीज पर्वलाई लक्षित गर्दै नयाँ लोकगीत ‘छम्म छम्म नाचौँला’ सार्वजनिक भएको छ । शिव कैलाशको शब्द, संगीत र स्वर रहेको गीतमा गायिका शान्ति श्री परियारले पनि स्वर दिएकी छन् ।
तीजको मौलिकता, नेपाली लोकलय र उत्सवको भावलाई केन्द्रमा राखिएको गीतमा नाचगान तथा नेपाली संस्कृतिको झल्को प्रस्तुत गरिएको छ । गीतको भिडियोमा तीजको वातावरणसँगै मौलिक नेपाली पहिरन र लोकसंस्कृतिलाई समेटिएको छ ।
लोक तथा आधुनिक संगीतमा सक्रिय शिव कैलाशले यस गीतमार्फत लोक विधामा आफ्नो सिर्जनात्मकता प्रस्तुत गरेका छन् । उनको शब्द–संगीतमा शान्ति श्री परियारको स्वर मिसिँदा गीत थप श्रवणीय बनेको छ ।
युट्युबमार्फत सार्वजनिक गरिएको गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ । तीजको अवसरमा सार्वजनिक भएका गीतमध्ये ‘छम्म छम्म नाचौँला’ पनि श्रोता–दर्शकको रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd