logo

२०८३ भाद्र ७ आइतबार

कलाकार प्रमोद अग्रहरीलाई १० प्रश्न ?

कलाकार प्रमोद अग्रहरीलाई १० प्रश्न ?

  • Pradip
  • बुधबार, २० साउन २०८३
299
SHARES
कलाकार प्रमोद अग्रहरीलाई १० प्रश्न ?

१. अहिलेसम्म गर्नुभएका करिब ३५–३६ वटा चलचित्रमध्ये आफूलाई सबैभन्दा सन्तुष्टि दिएको वा आफूले राम्रो गरेको महसुस भएको कुनै एउटा पात्र छ ?



त्यसरी मैले यही नै भन्यो भने सायद त्यो अन्याय होला दाइ कि यो क्यारेक्टर मात्र मैले राम्रो गरेँ या मलाई परेको क्यारेक्टर भन्नेबित्तिकै किनभने दाइले अघिनै पनि भन्नुभयो, ३५–३६ वटा मैले सिनेमा गरेँ र जुन क्यारेक्टर मैले गरेको छु, त्यो क्यारेक्टरहरू आफूलाई मन परेरै मैले गरेँ । र ती फिल्मका कप्तान निर्देशकहरूले जसरी काम गराउनु भयो, उहाँहरूको जे भिजन थियो, त्यो भिजनलाई मिट गर्ने कोसिस चाहिँ मैले गरेँ । र सायद त्यही कुराहरूले गर्दा पनि दर्शकहरूले मलाई माया गर्नुहुन्छ ।

२. तपाईंले कुनै सिनमा अभिनय गर्दा त्यसलाई राम्रो बनाउन तपाईंको अभिनय मात्रै पर्याप्त हुन्छ कि टिमवर्क पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ?

हैन, त्यो त टिमवर्क हो दाइ । सपोज म कुनै सिनमा पर्फर्म गरिरहेको छु भने त्यो म एक्लैले गर्दा त्यो बेस्ट बन्दैन । त्यहाँ एउटा स्पट ब्वाइदेखि लिएर टेक्निसियनदेखि लिएर एडिटिङ स्पटदेखि लिएर सबै कुराहरूले त्यसलाई ब्युटिफाइ गरिदिने हो दाइ । सो म एक्लैले एक्टिङ मात्रै गरेर पुग्दैन जस्तो लाग्छ । त्यो सबै कुराहरूको सम्मिश्रण जब गजब भएर आउँछ, त्यो चिज अझै खुलेर आउँछ । भनौँ न, सुनमा सुगन्ध हुन्छ ।

३. तपाईंले काम गरेको कुनै चलचित्रमा आफ्नोतर्फबाट राम्रो काम गर्दागर्दै पनि टिमवर्कका कारण सन्तुष्टि नपाएको अनुभव छ ?

छ दाइ । अनि त्यो सिनेमाहरूको म प्रायः नाम पनि लिन चाहिरहेको हुँदैन । किनभने मलाई याद छ, त्यो सिनेमाहरू गर्दा खेरि पनि सेटमा म मेरो गुरुलाई फोन गरेर रुन्थेँ के । म यस्तो खालको सिनेमा गरिरहेको छु, यो खालको टिमसँग काम गर्दै छु, के म यही नै हो मेरो करियर भनेर सोध्थेँ । अनि उहाँहरूले सम्झाउनु हुन्थ्यो, प्रमोद हेर, लाइफ हो । अनि जब काम गर्दै जान्छौ, केही राम्रो काम गर्ने टिमहरू पनि आउँछन्, केही लो काम गर्ने मान्छेहरू पनि हुन्छन् । सबैसित सिक्ने हो । सिकेर आफूलाई कसरी अगाडि लाने, त्यो सिक चाहिँ गर्ने हो र यो तिम्रो सिक्ने टाइम हो भन्नुहुन्थ्यो । र त्यो चिजले गर्दा म आफूलाई त्यसरी नै बुझाउँथेँ दाइ ।

४. नयाँ चलचित्रको प्रस्ताव आउँदा तपाईंले सबैभन्दा पहिले के कुरालाई प्राथमिकता दिनुहुन्छ—कथा, चरित्र, निर्देशक कि कलाकार ?

म फर्स्टमा त स्क्रिप्ट नै हेर्छु दाइ । स्टोरी के हो, कन्टेन्ट के हो । त्यसपछि मैले हेर्छु क्यारेक्टर । बल्ल पहिला ओभरअल स्क्रिप्टको इमोसन के हो, त्यो सिनेमा हेरिसकेपछि मेरो दर्शक, मेरो समाजले पाउने के हो, त्यो सबै कुराहरूमा म क्लियर हुन्छु । त्यसपछि म आफ्नो क्यारेक्टरमा फोकस हुन्छु । त्यसपछि त्यसमा बनाउनुपर्ने, त्यसमा लेख्नुपर्ने, त्यसलाई तोडमोड गर्नुपर्ने के–के गर्नुपर्छ, निर्देशकसँग बसेर, लेखकसँग बसेर सल्लाह गरेर त्यसलाई बनाउन थाल्छु म ।

५. क्यारेक्टरमा डुबेर अभिनय गर्न कत्तिको गाह्रो हुन्छ ?

मलाई डुब्न आउँदैन दाइ, मलाई बाँच्न चाहिँ आउँछ । म डुबेँ भने त सायद मलाई बाहिर निस्किन गाह्रो हुन्छ होला । बाँच्न चाहिँ गाह्रो छ दाइ । म त सिकिरहेको छु अझै, एज अ प्रमोद भन्ने हो भने त म त बाँच्न सिक्दै छु दाइ । तर क्यारेक्टरमा बाँच्नु चाहिँ त्यति सजिलो छैन । र त्यही भएर पनि मैले भन्छु पनि दाइ, अभिनय सायद दुनियाँकै सबैभन्दा गाह्रो काम हो । फिल्म मेकिङ दुनियाँकै सबैभन्दा गाह्रो काम हो दाइ ।

६. पर्दामा देखिने प्रमोद अग्रहरी र वास्तविक जीवनमा देखिने प्रमोद अग्रहरीबीच कति फरक छ?

स्क्रिनमा देखिने प्रमोद अग्रहरी र बाहिर रियल लाइफमा देखिने प्रमोद अग्रहरी भनेको आकाश र जमिनको फरक छ । रियल प्रमोद त प्रमोद अग्रहरी हो नि त । तर स्क्रिनमा देखिने प्रमोद अग्रहरी त प्रमोद होइन नि त, अर्कै मान्छे हो, अर्कै क्यारेक्टर हो । सो मलाई अडियन्सहरू, मेरो दर्शकहरू, मेरा फ्यानहरूले जुन बाहिर प्रमोदलाई भेट्नुहुन्छ, उहाँहरूले प्रमोदलाई नै भेट्नुस् भन्ने म चाहन्छु दाइ । भेट हुन्छ भने प्रमोदसँग रियल प्रमोदसँग भेटोस् । जब तपाईं पर्दामा जानुहुन्छ, त्यो क्यारेक्टर प्रमोदलाई भेट्छ, त्यो प्रमोदलाई उहाँहरूले नदेख्नुहोस् भन्ने म चाहन्छु दाइ । अनि सायद त्यही चिजहरूलाई म डिफ्रेन्सिएट गरेर हिँडिरहेको हुन्छु आफूलाई ।

७. प्रमोद अग्रहरी भन्नेबित्तिकै दर्शकले तपाईंलाई खलनायकका रूपमा बढी चिन्छन् । यो पहिचानलाई तपाईं कसरी लिनुहुन्छ ?

भिलेन नै त होइन दाइ । बट कस्तो छ भने आएको क्यारेक्टर त गर्नु पर्यो । मलाई थाहा छ, मैले पाएको क्यारेक्टरलाई म छोड्ने वाला छैन । अनि जो मेकरहरू मसित आउनुहुन्छ, उहाँहरूले एउटा विश्वास लिएर आउनुभएको हुन्छ । प्रमोदलाई यो क्यारेक्टर दियो भने उसले उडाउला या उसले दामी गरिदिन्छ भन्ने विश्वास हुन्छ । सो उहाँको विश्वासलाई म डगमगाउन दिन्नँ । म त्यो झर्नै दिन्नँ उहाँहरूलाई । अनि मेरो इच्छा पनि छ प्रोटागोनिस्ट क्यारेक्टरहरू गर्ने । अफर आएको छ । सायद आउला, आउँछ । अहिले सम्म आएको छ । यो वर्ष सायद आउन पनि सक्छ होला, एक–दुईवटा फिल्मर नै रिलिज पनि होला ।

८. तपाईंले गर्ने नकारात्मक पात्रहरूले समाजलाई कस्तो सन्देश दिनुपर्छ भन्ने सोच्नुहुन्छ ?

मैले हरेक नेगेटिभ पात्रहरूबाट, खल पात्रहरूबाट मैले भन्न खोजेको त्यति मात्रै हो दाइ । यस्तो खालको पात्रहरू हाम्रो समाजमा हुनु हुँदैन । हुनु हुँदैन । छ भने बियार रिप्रिजेन्ट गरेर त्यो क्यारेक्टर चाहिँ राम्रो होइन, समाज भन्ने म्यासेज दिनु भन्न खोज्या हो दाइ । त्यो पात्र मेरो आफ्नो लाइफमा छैन । मेरो डेली लाइफमा सधैँ छैन । अनि त्यो चाहिँ मैले खोजेरै गर्ने हो । जे पनि आफैले क्रस गरिहालेर तपाईंलाई जुन स्क्रिनमा देखिन्छ नि, त्यो स्क्रिनमा देखिने प्रमोद र बाहिर रियल लाइफको प्रमोद भनेको आकाश–जमिनको फरक छ ।

९. ‘मास्टर्नी’को विवादित प्रचार गीतबारे तपाईंको धारणा के छ ?

आइ थिंक त्यो गल्ती भयो दाइ । त्यो चुकेको हो दाइ । जुन कुरा हामी सबै जनाले माफी पनि मागेका छौँ । त्यो माग्नु पनि पर्छ हैन, किनभने हरेक कुरा हामी समाजसित जोडेर काम गरिरहेका हुन्छौँ । यहाँ विद्यार्थीदेखि लिएर मास्टर, गुरुहरूको कुराहरू भइरहेका छन् । जहाँ त्यो इज्जत हामीले राख्नुपर्ने हुन्छ । त्यो गरिमालाई हामीले बिर्सिनु हुँदैन । त्यसको भ्यालुलाई बिर्सिनु हुँदैन । र त्यो भ्यालुलाई हामीले जहिले पनि यहाँ राखेरै ‘मास्टर्नी’मा काम गरेको छौँ दाइ ।

१०. ‘मास्टर्नी’बाट दर्शकले तपाईंलाई कस्तो भूमिकामा देख्न पाउनेछन् र फिल्मबाट तपाईंको अपेक्षा के छ?

मास्टर्नीमा रमाइलो क्यारेक्टर छ दाइ । अब धेरै कुराहरू त नगरौँ, राख्नुपर्यो । ट्रेलरहरू नै आइहाल्छ, ट्रेलरहरूबाट पनि मलाई लाग्छ धेरै कुराहरू खुलिहाल्छ । तर त्यही हो दाइ, आज अहिलेसम्म गरिएको सिनेमामा जसरी मैले माया पाएको छु, यसबाट पनि त्यो माया पाउँछु । यो चाहिँ थाहा छ । पर्फर्मेन्स वाइज, क्यारेक्टर वाइज त फरकै हो । एक्ज्याक्टली यो कुरा गर्दा खेरि दर्शकले कसरी लिनुहुन्छ भन्नेमा गइदिन्छ । त्यो चाहिँ ‘के साँच्चै नै यो मान्छे गलत हो या यो मान्छे सही नै हो त?’ भन्ने प्रश्न चाहिँ उठ्छ तपाईंहरूको दिमागमा ।


बुधबार, २० साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go