logo

२०८३ भाद्र ७ आइतबार

मेसीका पिता जर्ज मेसीको निधन

मेसीका पिता जर्ज मेसीको निधन

  • Pradip
  • सोमबार, २५ साउन २०८३
247
SHARES
मेसीका पिता जर्ज मेसीको निधन

अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका जर्जको शुक्रबार राति अर्जेन्टिनाको रोसारियोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।



जर्जले मेसीको फुटबल यात्रामा सुरुदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बार्सिलोनामा मेसीको सुरुआती करिअरदेखि नै उनले छोरालाई निरन्तर साथ दिएका थिए भने लामो समय मेसीका प्रतिनिधिका रूपमा समेत काम गरेका थिए । मेसीले बाल्यकालदेखि नै आफूलाई पिताको समर्थन र स्वीकृति निकै महत्वपूर्ण रहेको बताउँदै आएका थिए ।

अमेरिकामा भएको फिफा विश्वकपपछि मेसीले बिरामी पितासँग समय बिताएका थिए । त्यसपछि उनी आफ्नो क्लब इन्टर मायामी फर्किएका थिए । पछिल्लो समय मैदानमा फर्किएका मेसी अहिले पिताको निधनपछि अर्जेन्टिना जाने तयारीमा रहेको जनाइएको छ ।

जर्जको निधनप्रति मेसीका पूर्वक्लब बार्सिलोना, बाल्यकालको क्लब नेवेल्स ओल्ड ब्वाइज, रियल म्याड्रिड तथा अर्जेन्टिना फुटबल संघले शोक व्यक्त गरेका छन् । एएफएले अर्जेन्टिनाका विभिन्न डिभिजनका खेलमा एक मिनेट मौनधारण गर्ने तथा खेलाडी, प्रशिक्षक र रेफ्रीले कालोपट्टी बाँध्ने जनाएको छ ।

बार्सिलोनाले पनि मेसीको करिअर निर्माणमा जर्जले पुर्‍याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । मेसीले सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीबाट व्यावसायिक करिअर सुरु गरेका थिए र सन् २०२१ सम्म क्लबमा रहेर आफ्नो अधिकांश सिनियर करिअर त्यहीँ बिताएका थिए ।


सोमबार, २५ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go