logo

२०८३ भाद्र २३ मंगलबार

न्यान्सी खड्का अभिनीत ‘अक्षरा’को टिजर सार्वजनिक, वैवाहिक हिंसाको कथा

न्यान्सी खड्का अभिनीत ‘अक्षरा’को टिजर सार्वजनिक, वैवाहिक हिंसाको कथा

  • kollywood 1
  • शुक्रबार, २९ साउन २०८३
403
SHARES
न्यान्सी खड्का अभिनीत ‘अक्षरा’को टिजर सार्वजनिक, वैवाहिक हिंसाको कथा

न्यान्सी खड्का अभिनीत ‘अक्षरा’को टिजर सार्वजनिक, वैवाहिक हिंसाको कथ
पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको शीर्ष भूमिका रहेको चलचित्र ‘अक्षरा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्रको कथावस्तु र पात्रहरूले भोग्ने पारिवारिक परिस्थितिबारे संकेत गरेको छ ।

विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रले धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले सामना गर्नुपर्ने पारिवारिक पीडा र घरेलु हिंसाको कथालाई केन्द्रमा राखेको देखिन्छ । छोरीको विवाह गराउँदा हुने परिवार र चरित्रको वास्तविकता नबुझी अनुहार तथा धनसम्पत्तिलाई मात्रै आधार बनाउँदा निम्तिन सक्ने परिणामलाई चलचित्रले प्रस्तुत गर्ने देखिएको छ ।
टिजरमा न्यान्सी खड्का छोरीको भूमिकामा देखिएकी छन् भने सुशील पोखरेलले उनका बुबाको भूमिका निर्वाह गरेका छन् । सुशील सिटौला न्यान्सीका श्रीमानको भूमिकामा छन् । श्रीमतीमाथि हिंसा गर्ने तथा आफ्नो पारिवारिक हैसियतको धाक देखाउने चरित्रमा सिटौलालाई प्रस्तुत गरिएको छ ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनी थापा निर्माता तथा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन् । पारिवारिक सम्बन्ध, विवाहपछि महिलाले भोग्नुपर्ने हिंसा र सामाजिक सोचलाई कथाको आधार बनाएको ‘अक्षरा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।


शुक्रबार, २९ साउन २०८३
सम्बन्धित समाचार
Go