logo

२०८३ भाद्र २३ मंगलबार

लज्जावती शुक्रबारबाट देशभर प्रदर्शनमा

लज्जावती शुक्रबारबाट देशभर प्रदर्शनमा

  • kollywood 1
  • शुक्रबार, २९ साउन २०८३
273
SHARES
लज्जावती शुक्रबारबाट देशभर प्रदर्शनमा

राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘लज्जावती शुक्रबारदेखि देशभरका चलचित्र हलमा प्रदर्शनमा आएको छ । आहा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रले प्रेमकथासँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष, आत्मीयता र नेपाली समाजका विभिन्न यथार्थपरक पक्षलाई कथाको केन्द्रमा राखेको छ ।

सौरभ ओली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया हुन् भने दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशव्यापी रूपमा वितरण गरेको छ ।

चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, विनोद श्रेष्ठ, दीपक थापालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रले युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध र सामाजिक परिवेशका विभिन्न पक्षलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

चलचित्रको प्रचारका क्रममा सार्वजनिक गरिएको पहिलो गीत ‘दिलको मोटर’मा बाबुल गिरीको शब्द तथा संगीत र सहिमा श्रेष्ठ तथा रवी ओडको स्वर रहेको छ । गीतको भिडियोमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाललाई प्रस्तुत गरिएको छ ।


शुक्रबार, २९ साउन २०८३
सम्बन्धित समाचार
Go