logo

२०८३ भाद्र ७ आइतबार

‘बिचा बिचमा २.०’मा दुर्गेशको फरक अवतार, बाबिना र बेनिशासँग नयाँ तीज गीत

‘बिचा बिचमा २.०’मा दुर्गेशको फरक अवतार, बाबिना र बेनिशासँग नयाँ तीज गीत

  • Pradip
  • सोमबार, १ भाद्र २०८३
377
SHARES
‘बिचा बिचमा २.०’मा दुर्गेशको फरक अवतार, बाबिना र बेनिशासँग नयाँ तीज गीत

तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । यही क्रममा गायक तथा मोडल दुर्गेश थापाले ‘बिचा बिचमा २.०’ सार्वजनिक गरेका छन् । गीतमा दुर्गेश थापासँगै बाबिना किराती र बेनिशा पौडेलको स्वर रहेको छ ।



बिचा बिचमा’को लोकप्रियतालाई निरन्तरता दिँदै तयार गरिएको २.० संस्करणमा गीतको शब्द तथा संगीत स्वयं दुर्गेश थापाले दिएका छन् । तीजको माहोल, रमाइलो प्रस्तुति र नृत्यप्रधान शैलीलाई केन्द्रमा राखिएको गीतको भिडियो पनि आकर्षक बनाइएको छ ।

दुर्गेश थापा पछिल्लो समय गायनसँगै मोडलिङ र भिडियो प्रस्तुतिमा समेत सक्रिय छन् । आफ्ना गीतमा फरक शैली र मनोरञ्जनात्मक प्रस्तुतिलाई प्राथमिकता दिँदै आएका दुर्गेशले ‘बिचा बिचमा २.०’मा पनि दर्शकलाई नाच्न र रमाउन सक्ने वातावरण सिर्जना गर्ने प्रयास गरेका छन् ।

गीत सार्वजनिक भएपछि दुर्गेशले तीजका गीतहरू मनोरञ्जनसँगै नेपाली मौलिक संस्कृति र चाडपर्वसँग जोडिने भएकाले यस्ता सिर्जनालाई दर्शकमाझ ल्याउन आफू उत्साहित रहेको बताएका छन् । उनका अनुसार ‘बिचा बिचमा २.०’लाई अघिल्लो संस्करणको निरन्तरता मात्र नभई नयाँ पुस्तालाई लक्षित गर्दै थप आकर्षक बनाउने प्रयास गरिएको हो ।

गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ वाङच्यु फ्युवाले गरेका छन् । गीतमा सञ्जीव बराइलीको गिटार तथा बाँजो, रत्न बीकेको बाँसुरी, हेमन्त कान्छाको सारंगी तथा भुवन गन्धर्वको धिमडी, छाप्की, डफ र मादलको प्रयोग गरिएको छ ।
भिडियोमा दुर्गेश थापा, करिश्मा केसी र स्मारिका ढकालको अभिनय तथा नृत्य रहेको छ । बाल कलाकारका रूपमा दक्षिता थापा देखिएका छन् भने गुराँस नानीको विशेष उपस्थिति रहेको छ ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । छायांकन पवन सुश्लिङ र उनको टिमले गरेको भिडियोको सम्पादन तथा कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका छन् ।

‘बिचा बिचमा २.०’लाई तीजको सांगीतिक माहोललाई लक्षित गर्दै सार्वजनिक गरिएको हो । दुर्गेशको गायन, अभिनय र नृत्यको संयोजनसँगै बाबिना किराती र बेनिशा पौडेलको स्वरले गीतलाई थप आकर्षक बनाएको छ ।

तीजका गीतमा मौलिकता, मनोरञ्जन र आधुनिक प्रस्तुतिको मिश्रण खोजिरहेका दर्शकका लागि ‘बिचा बिचमा २.०’ पछिल्लो सांगीतिक प्रस्तुतिका रूपमा आएको छ ।

पूरा भिडियो 


सोमबार, १ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go