logo

२०८३ भाद्र ७ आइतबार

विवाहको पाँच महिनामै मोडल ट्विशाको मृत्यु, पति र पूर्वन्यायाधीश सासूविरुद्ध मुद्दा

विवाहको पाँच महिनामै मोडल ट्विशाको मृत्यु, पति र पूर्वन्यायाधीश सासूविरुद्ध मुद्दा

  • Pradip
  • बुधबार, ३ भाद्र २०८३
325
SHARES
विवाहको पाँच महिनामै मोडल ट्विशाको मृत्यु, पति र पूर्वन्यायाधीश सासूविरुद्ध मुद्दा

भारतीय मोडल तथा अभिनेत्री ट्विशा शर्माको मृत्यु प्रकरणमा उनका पति र पूर्वन्यायाधीश सासूविरुद्ध आत्महत्या दुरुत्साहन तथा क्रुरताको मुद्दा दर्ता भएको छ ।



३३ वर्षीया ट्विशा गत मे १२ मा भोपालस्थित घरमा मृत अवस्थामा फेला परेकी थिइन् । विवाह भएको करिब पाँच महिनामै उनको मृत्यु भएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानपछि भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले अदालतमा ६०० पृष्ठ लामो आरोपपत्र बुझाएको हो ।
आरोपपत्रमा ट्विशालाई उनका पति समर्थ सिंहले विवाहपछि पटक–पटक मानसिक यातना दिएको र अपमानजनक व्यवहार गरेको उल्लेख छ । समर्थकी आमा तथा पूर्वन्यायाधीश गिरिबाला सिंहले समेत छोरालाई ट्विशामाथि मानसिक दबाब दिन उक्साउने गरेको सीबीआईको दाबी छ । हाल दुवै हिरासतमा छन् ।

ट्विशाको माइती पक्षले भने दाइजोको माग गर्दै उनलाई मानसिक तथा शारीरिक यातना दिइएको र हत्या गरिएको आरोप लगाउँदै आएको छ । परिवारका अनुसार ट्विशा गर्भवती भएपछि विवाद थप चर्किएको थियो । उनीहरूले पति र सासूले ट्विशाको चरित्रमाथि प्रश्न उठाउँदै गर्भपतनका लागि दबाब दिएको आरोपसमेत लगाएका छन् ।

तर, पूर्वन्यायाधीश गिरिबालाले यी आरोप अस्वीकार गरेकी छन् । उनका कानुनी प्रतिनिधिले ट्विशाले आफ्नै इच्छाले गर्भपतन गराएको दाबी गर्दै अनुसन्धानमा दाइजो उत्पीडन वा हत्याको प्रमाण नदेखिएको बताएका छन् ।
ट्विशाको परिवारका वकिलका अनुसार सीबीआईले

आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोग लगाउनुको अर्थ अनुसन्धानले घटनालाई आत्महत्याका रूपमा हेरेको देखिन्छ । थप प्रमाण भेटिएमा अन्य व्यक्तिमाथि समेत अनुसन्धान गरी पूरक आरोपपत्र ल्याउन सकिने सीबीआईले अदालतलाई जनाएको छ ।

सन् २०१२ मा ‘मिस पुणे’ बनेकी ट्विशाले विज्ञापन, तेलुगु चलचित्र तथा मार्केटिङ क्षेत्रमा समेत काम गरेकी थिइन् । उनले डेटिङ एपमार्फत चिनजान भएका समर्थ सिंहसँग विवाह गरेकी थिइन् ।


बुधबार, ३ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go