logo

२०८३ भाद्र २३ मंगलबार

युट्युबको नयाँ नियम : भ्युज गणना बदलिने, आम्दानीमा असर नपर्ने

  • kollywood 1
  • बुधबार, ३ भाद्र २०८३
455
SHARES
युट्युबको नयाँ नियम : भ्युज गणना बदलिने, आम्दानीमा असर नपर्ने

विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युबले भ्युज गणनाको प्रणालीमा ठूलो परिवर्तन गर्ने भएको छ । अगस्ट २४ देखि लागू हुने नयाँ नियमअनुसार भिडियो प्ले हुनेबित्तिकै पहिलो सेकेन्डदेखि नै भ्युज गणना गरिनेछ ।

यसअघि लामो भिडियोमा कम्तीमा ३० सेकेन्ड हेरिएपछि मात्रै भ्युज गणना हुने व्यवस्था थियो । अब भने शर्ट्समा जस्तै सबै प्रकारका भिडियोमा तत्काल भ्युज गणना हुनेछ । यसले भिडियोको भ्युज संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यद्यपि, युट्युबले कन्टेन्ट क्रियटरको आम्दानी र मोनेटाइजेसन नियममा कुनै परिवर्तन नगरेको स्पष्ट पारेको छ । युट्युब पार्टनर प्रोग्राम (YPP) अन्तर्गतको आम्दानी, विज्ञापनबाट हुने राजस्व र मोनेटाइजेसनका मापदण्ड भने पुरानै रहने कम्पनीले जनाएको छ ।
नयाँ व्यवस्थासँगै भिडियोको पहुँच र भ्युज संख्या बढ्ने अपेक्षा गरिए पनि युट्युबरको कमाइमा भने प्रत्यक्ष प्रभाव नपर्ने बताइएको छ ।

बुधबार, ३ भाद्र २०८३
सम्बन्धित समाचार
Go