अभिनेत्री वर्षा राउतको पछिल्लो पहिरन सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
एक मोबाइल पसल उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेकी राउतको पहिरनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका हुन् । कार्यक्रममा रिबन काटेर पसल उद्घाटन गरेकी उनको पहिरनलाई केही प्रयोगकर्ताले असामान्य भन्दै टिप्पणी गरेका छन् ।
उद्घाटनपछि पसल सञ्चालकले उनलाई खादा लगाइदिएका थिए । त्यसपछि उनको पहिरन केही ढाकिएको देखिएको थियो ।
कार्यक्रमका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राउतको पहिरनलाई लिएर सकारात्मक तथा नकारात्मक दुवै किसिमका प्रतिक्रिया आएका छन् । कतिपयले उनको पहिरन छनोटमाथि प्रश्न उठाएका छन् भने केहीले कलाकारको व्यक्तिगत पहिरन रोजाइलाई लिएर अनावश्यक टिप्पणी गर्न नहुने धारणा राखेका छन् ।
वर्षा नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री हुन् । पछिल्लो समय उनले आफ्नो शारीरिक तन्दुरुस्ती र लुक्समा समेत परिवर्तन ल्याएकी छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd