logo

२०८३ भाद्र ७ आइतबार

गायिका सुमित्रा कोइरालाको स्वरमा मौलिक तिज गीत ” आयो मलाई झलिको ” सार्वजनिक

गायिका सुमित्रा कोइरालाको स्वरमा मौलिक तिज गीत ” आयो मलाई झलिको ” सार्वजनिक

  • Pradip
  • बुधबार, ३ भाद्र २०८३
403
SHARES
गायिका सुमित्रा कोइरालाको स्वरमा मौलिक तिज गीत ” आयो मलाई झलिको ” सार्वजनिक

हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । यही क्रममा गायिका सुमित्रा कोइरालाको स्वर, शब्द तथा संगीतमा तयार भएको नयाँ तीज गीत ‘आयो मलाई झलिको’ सार्वजनिक गरिएको छ ।



तीजको सांस्कृतिक माहोल र माइतीप्रतिको भावनालाई केन्द्रमा राखिएको गीतमा सुमित्रा कोइरालासँगै गीता ढुंगाना, विनोद भण्डारी र अंशु महर्जनको अभिनय देख्न सकिन्छ । गीत कजीस श्रेष्ठको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

गीतमा तीजको रमाइलो वातावरणसँगै माइती देशप्रतिको सम्झना, भेटघाट र नेपाली महिलाको भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ । पछिल्लो समय तीज गीतमा मौलिक संस्कृति र समसामयिक विषयलाई जोड्ने क्रम बढिरहेका बेला ‘आयो मलाई झलिको’ पनि यही परिवेशलाई समेटेर आएको छ ।
गीतको रेकर्डिङ सागर बजुराली र राजेन्द्र बजुरालीले गरेका छन् भने कृष्ण बीकेको एरेन्ज तथा खडक बजुरालीको मिक्सिङ–मास्टरिङ रहेको छ । मालश्री स्टुडियोमा गीत तयार गरिएको हो ।

भिडियोतर्फ जट्टा शंकरको आर्ट, अनिमेष जोर्डनको मेकअप र करण चैसिरको छायांकन रहेको छ । भिडियोको सम्पादन, कलर तथा जीएफएक्स मनोज कार्कीले गरेका छन् ।

कजीस श्रेष्ठको कथा तथा एसोसिएट निर्देशन र प्रशान्त मगरको निर्देशन तथा कोरियोग्राफीमा भिडियो तयार भएको हो । तीजको मौसममा दर्शक–श्रोतामाझ सांगीतिक माहोल थप्ने अपेक्षासहित गीत सार्वजनिक गरिएको छ ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा युट्युबमा यसको चर्चा सुरु भएको छ । तीजको रमझमसँगै माइतीको सम्झना र नेपाली मौलिक संस्कृतिको स्वाद खोज्ने दर्शकका लागि ‘आयो मलाई झलिको’ नयाँ सांगीतिक प्रस्तुति बनेको छ ।

पूरा भिडियो


बुधबार, ३ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go