logo

२०८३ भाद्र २८ आइतबार

फिल्म ‘क का कि की’को शीर्ष गीत सार्वजनिक

फिल्म ‘क का कि की’को शीर्ष गीत सार्वजनिक

  • kollywood 1
  • बुधबार, ३ भाद्र २०८३
572
SHARES
फिल्म ‘क का कि की’को शीर्ष गीत सार्वजनिक

आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र **‘क का कि की’**को आधिकारिक शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘कमेडी दरबार’का कलाकार तथा टोलीको सहकार्यमा निर्माण भएको चलचित्रको गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ ।

गीतमा अर्जुन सापकोटाको संगीत तथा हुकलाइन र सन्तोष सापकोटाको शब्द रहेको छ । गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

बीकेई र श्रद्धाको निर्देशनमा बनेको चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी र दिया मास्केसँगै ‘कमेडी दरबार’का कलाकार मनोज गजुरेल, शिशिर बाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतको अभिनय रहेको छ ।
चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन् । फिल्मको अवधारणा सुमन अग्रवालको रहेको छ भने पटकथा बीकेई अग्रवालले लेखेका छन् । बीकेई अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखन गरेका हुन् ।

चलचित्र भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ । कमेडी र मनोरञ्जनलाई प्राथमिकतामा राखिएको चलचित्रमा चर्चित कलाकारहरूको ठूलो समूहको अभिनय रहेको छ ।

पूरा भिडियो 

 


बुधबार, ३ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go