सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा टेलिसिरियल ‘जुनी’ निर्माण भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण पक्षले सिरियलको विषयवस्तु र कलाकारबारे जानकारी दिएको हो ।
सिरियलमा कमला घिमिरे, रञ्जित पौडेल, विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौलालगायत कलाकारको अभिनय रहनेछ । बाल कलाकारतर्फ सोफिया त्रिपाठी र आदर्श कार्की पनि देखिनेछन् ।
निर्माण पक्षका अनुसार ‘जुनी’का सुरुवाती ५२ एपिसोड प्रसारण गर्ने तयारी गरिएको छ । यसको प्रसारण मिति भने छिट्टै सार्वजनिक गरिने बताइएको छ । सिरियलका निर्माता विज्ञान सापकोटा र सौगात छेत्री हुन् ।
कार्यक्रममा नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा विभिन्न कलाकर्मीलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेमा निर्देशक दीपक आचार्य ‘काकु’, दमन रुपाखेती, इन्द्र डोङ लामा, विनोद श्रेष्ठ, सुनिशा बजगाईं, बालकृष्ण ओली, सहिन प्रजापति, साम्या कार्की, अनिता बैजु, रामचन्द्र बोहरा, प्रशम्शा कार्की र सरोज घिमिरेलगायत रहेका थिए ।
नयाँ टेलिसिरियलका रूपमा ‘जुनी’ले पारिवारिक तथा सामाजिक विषयवस्तुलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd