logo

२०८३ भाद्र ७ आइतबार

‘आशा’को छायांकन सम्पन्न, माघे संक्रान्तिमा प्रदर्शन हुने

‘आशा’को छायांकन सम्पन्न, माघे संक्रान्तिमा प्रदर्शन हुने

  • Pradip
  • बिहिबार, ४ भाद्र २०८३
169
SHARES
‘आशा’को छायांकन सम्पन्न, माघे संक्रान्तिमा प्रदर्शन हुने

उडान स्टुडियोको प्रस्तुति रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ । एक महिनाको निर्धारित सेड्युलमा छायांकन गरिएको फिल्मको काम योजना अनुसार नै पूरा भएको निर्माण पक्षले जनाएको छ ।
निर्मात्री शर्मिला थापाका अनुसार फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा गरिएको हो । छायांकन सम्पन्न भएसँगै फिल्म पोस्ट प्रोडक्सनको चरणमा प्रवेश गरेको छ ।



निर्मात्री थापाले नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल बनाउँदै दर्शकमाझ ल्याउने तयारी भइरहेको बताइन् । उनका अनुसार छायांकनका क्रममा अपेक्षा गरेभन्दा राम्रो काम भएको अनुभव निर्माण पक्षले गरेको छ ।

फिल्मको इन्डक्ल्याप समारोहमा निर्मात्री थापाले प्राविधिक अर्जुन घिमिरेलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेकी छन् । ‘आशा’मा स्पोटब्वाईका रूपमा काम गरिरहेका घिमिरेकी श्रीमती ब्लड क्यान्सरबाट पीडित रहेको जानकारी पाएपछि उपचार सहयोगस्वरूप उक्त रकम प्रदान गरिएको हो ।

फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी, बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारीलगायतको अभिनय रहेको छ । फिल्मको कथा तथा निर्देशन राजिव गुरुङले गरेका छन् ।
निर्देशक गुरुङले मनछुने पारिवारिक कथालाई पर्दामार्फत दर्शक र परिवारसम्म पुर्‍याउने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।

आगामी माघेसंक्रान्तिको अवसरमा माघ १ गते प्रदर्शन हुने फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्नेछ । फिल्ममा रामकुमार श्रेष्ठ सहलेखक, सुदाम सिके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक, नरेन्द्र मैनाली सिनेम्याटोग्राफर र युग भुसाल तथा समीर खरेल संगीतकारका रूपमा रहेका छन् ।

यस्तै, किशोर आचार्य साउण्ड डिजाइनर, लोकेश बज्राचार्य सम्पादक, सोनाली शिल्पकार मेकअप तथा हेयर, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक र करण श्रेष्ठ वितरकका रूपमा जोडिएका छन् ।


बिहिबार, ४ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go