logo

२०८३ भाद्र २३ मंगलबार

‘हाम्रो सानो घर’बाट सुमन गजमेरको निर्देशन यात्रा सुरु

‘हाम्रो सानो घर’बाट सुमन गजमेरको निर्देशन यात्रा सुरु

  • kollywood 1
  • बिहिबार, ४ भाद्र २०८३
403
SHARES
‘हाम्रो सानो घर’बाट सुमन गजमेरको निर्देशन यात्रा सुरु

रे अफ आर्ट्स प्रालिले नयाँ नेपाली चलचित्र ‘हाम्रो सानो घर’ निर्माण गर्ने भएको छ । चलचित्रमार्फत चर्चित लेखक सुमन गजमेरले निर्देशनमा डेब्यु गर्न लागेका छन् ।

गजमेरकै कथा तथा पटकथा रहने चलचित्रले जेनेरेसन–जेड पुस्ताको प्रेम, सपना, सम्बन्ध र बदलिँदो सामाजिक परिवेशलाई कथाको केन्द्रमा राख्ने निर्माण पक्षले जनाएको छ ।
.

प्रेमकथामा आधारित चलचित्रमा जातीय तथा वर्गीय विभेद, नयाँ पुस्ताको सोच र उनीहरूका आकांक्षालाई समेत प्रस्तुत गरिने बताइएको छ । चलचित्रका कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको छ ।

गजमेरले यसअघि ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’ र ‘शेर्वा’ लगायत चलचित्रमा लेखकका रूपमा काम गरिसकेका छन् । अब भने ‘हाम्रो सानो घर’मार्फत उनी निर्देशनमा नयाँ यात्रा सुरु गर्न लागेका हुन् ।
रे अफ आर्ट्सले यसअघि निर्माण गरेको चलचित्र ‘परिवार’ अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ । निर्माण कम्पनीले चलचित्रसँगै म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत सक्रियता जनाउँदै आएको छ ।

हाम्रो सानो घर’ले नयाँ पुस्ताको प्रेमकथालाई सामाजिक यथार्थसँग जोडेर प्रस्तुत गर्ने तयारी गरेसँगै चलचित्रप्रति नेपाली फिल्म क्षेत्रमा चासो बढ्न थालेको छ ।


बिहिबार, ४ भाद्र २०८३
सम्बन्धित समाचार
Go