प्रियंका कार्कीको निर्माण तथा शीर्ष अभिनय रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ शुक्रबारदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आएको छ । सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्र क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा विधामा आधारित छ ।
चलचित्रमा प्रियंका कार्कीसँगै सिम्रन खड्का, आर्यन सिग्देल, अनुपविक्रम शाही, ऋचा शर्मा, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, रक्षा थापालगायत कलाकारको अभिनय रहेको छ ।
सन्तानको सुरक्षाका लागि एक आमाले गर्ने संघर्षलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ । सन्तानको सुरक्षासँग जोडिएको रहस्य, अपराध र पारिवारिक परिस्थितिलाई समेत चलचित्रमा प्रस्तुत गरिएको छ ।
‘मास्टर्नी’ले एडल्ट सर्टिफिकेट पाएको छ । जसअनुसार १६ वर्षभन्दा माथिका दर्शकले मात्र चलचित्र हेर्न पाउनेछन् ।
आयंका फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता छन् ।
चलचित्रको कथा प्रियंका कार्कीको हो भने पटकथा शान बस्न्यातले लेखेका छन् । प्रदर्शनअघि नै चलचित्रको अग्रिम टिकट बिक्रीसमेत सुरु गरिएको थियो ।
शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको ‘मास्टर्नी’ले आमाको माया, सन्तानको सुरक्षाका लागि गरिने संघर्ष र अपराधसँग जोडिएको कथामार्फत दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd