logo

२०८३ भाद्र ७ आइतबार

भारतीय गायक शान काठमाडौंमा, शनिबार सांगीतिक प्रस्तुति दिने

भारतीय गायक शान काठमाडौंमा, शनिबार सांगीतिक प्रस्तुति दिने

  • Pradip
  • शुक्रबार, ५ भाद्र २०८३
377
SHARES
भारतीय गायक शान काठमाडौंमा, शनिबार सांगीतिक प्रस्तुति दिने

चर्चित भारतीय गायक शान्तनु मुखर्जी ‘शान’ सांगीतिक कार्यक्रमका लागि शुक्रबार काठमाडौं आइपुगेका छन् ।



ठमेलस्थित क्लब नोभामा शनिबार राति आयोजना हुने विशेष कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन् । शान यसअघि सन् २०११ मा पनि नेपाल आएका थिए ।

सन् १९९९ मा सार्वजनिक हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश ‘मुसुमुसु हाँसिदेऊ’ गीतमार्फत शान नेपाली श्रोतामाझ समेत परिचित छन् । नेपाली शब्द समेटिएको उक्त गीत लामो समयदेखि नेपालमा लोकप्रिय रहँदै आएको छ ।

नेपाल बसाइका क्रममा शानले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै काठमाडौं उपत्यकाका विभिन्न स्थान घुम्ने र नेपाली परिकार मःमको स्वाद लिने योजना बनाएका छन् ।

शनिबार राति हुने कार्यक्रममा उनले आफ्ना करिब ४० चर्चित गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।


शुक्रबार, ५ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go