logo

२०८३ भाद्र २३ मंगलबार

बालबालिकाको गोपनीयता उल्लङ्घन मुद्दा टुंग्याउन टिकटकले तिर्ने भयो ४० करोड डलर

बालबालिकाको गोपनीयता उल्लङ्घन मुद्दा टुंग्याउन टिकटकले तिर्ने भयो ४० करोड डलर

  • kollywood 1
  • शनिबार, ६ भाद्र २०८३
377
SHARES
बालबालिकाको गोपनीयता उल्लङ्घन मुद्दा टुंग्याउन टिकटकले तिर्ने भयो ४० करोड डलर

सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले बालबालिकाको अनलाइन गोपनीयता उल्लङ्घनसम्बन्धी अमेरिकी मुद्दा टुंग्याउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको छ ।

अमेरिकी न्याय विभागका अनुसार टिकटक र यसको मूल कम्पनी बाइटडान्सले १३ वर्षमुनिका लाखौँ प्रयोगकर्ताको ठूलो मात्रामा व्यक्तिगत विवरण संकलन गरेको आरोपमा उक्त रकम तिर्न लागेका हुन् । यो बालबालिकाको डिजिटल गोपनीयतासम्बन्धी अमेरिकामा भएको ठूलो जरिवाना तथा सम्झौतामध्ये एक मानिएको छ ।

सम्झौताअनुसार टिकटक र बाइटडान्सले तत्काल ३० करोड डलर अमेरिकी न्याय विभागलाई बुझाउनेछन् । बाँकी १० करोड डलर भने सन् २०१९ मा संघीय व्यापार आयोगसँग भएको सहमति आदेश हटाइएपछि तिर्नुपर्नेछ ।

अमेरिकामा सन् २००० देखि लागू बालबालिकाको अनलाइन गोपनीयता संरक्षण ऐन (सीओपीपीए) ले १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत जानकारी संकलन गर्नुअघि अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

अमेरिकी अधिकारीहरूले सन् २०२४ मा मुद्दा दायर गर्दा टिकटकले उमेर पहिचान प्रभावकारी रूपमा नगरेको र कम उमेरका प्रयोगकर्ताका लागि आवश्यक अभिभावकीय सहमति नलिएको आरोप लगाएका थिए ।

टिकटकको पूर्ववर्ती कम्पनी म्युजिकल्लीले पनि सन् २०१९ मा सीओपीपीए उल्लङ्घनको आरोपमा ५७ लाख डलर जरिवाना तिरेको थियो । त्यसबेला कम्पनीलाई १३ वर्षमुनिका प्रयोगकर्ताका लागि अभिभावकीय सहमति सुनिश्चित गर्न निर्देशन दिइएको थियो ।

अमेरिकी न्याय विभागले पछिल्लो सम्झौतासँगै टिकटकको स्वामित्व, गोपनीयता नीति तथा कम उमेरका प्रयोगकर्तामाथि प्लेटफर्मको नियन्त्रणलगायत क्षेत्रमा सुधार आएको जनाएको छ ।


शनिबार, ६ भाद्र २०८३
सम्बन्धित समाचार
Go