logo

२०८३ भाद्र २३ मंगलबार

लाइक र भ्युजको होडले निम्त्यायो भयावह दुर्घटना

लाइक र भ्युजको होडले निम्त्यायो भयावह दुर्घटना

  • kollywood 1
  • शनिबार, ६ भाद्र २०८३
325
SHARES
लाइक र भ्युजको होडले निम्त्यायो भयावह दुर्घटना

आयरल्यान्डमा सामाजिक सञ्जालमा चर्चित बन्ने उद्देश्यले गरिने जोखिमपूर्ण ड्राइभिङले ठूलो मानवीय क्षति निम्त्याएको छ । काउन्टी किल्डेयरमा भएको भीषण सडक दुर्घटनामा पाँच किशोरको मृत्यु भएको छ ।

१६ अगस्टको राति बीएमडब्ल्यु कारमा सवार युवाहरू तीव्र गतिमा गाडी चलाउँदै प्रहरीलाई पछ्याउन बाध्य पार्ने तथा त्यसका दृश्य सामाजिक सञ्जालमा राख्ने प्रयासमा रहेको बताइएको छ । राति करिब ३ बजे कार गलत दिशाबाट मोटरवेमा गुडिरहेका बेला अर्को हुन्डाईसँग ठोक्किएको थियो ।

दुर्घटनामा बीएमडब्ल्युमा रहेका १५ देखि १८ वर्ष उमेर समूहका पाँच युवाको ज्यान गएको छ । अर्को कारमा रहेका एउटै परिवारका चार जना गम्भीर घाइते भएका छन् । उनीहरू विवाह समारोहमा सहभागी हुन डब्लिन विमानस्थलतर्फ जाँदै थिए ।

प्रहरीका अनुसार मृतकमध्ये केही यसअघि पनि जोखिमपूर्ण ड्राइभिङ तथा कारसँग सम्बन्धित स्टन्टका भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए ।

घटनापछि लाइक, भ्युज र सामाजिक सञ्जालमा लोकप्रिय हुने चाहनाले युवालाई जोखिमपूर्ण गतिविधितर्फ धकेलिरहेको विषयमा आयरल्यान्डमा बहस चर्किएको छ । केही सेकेन्डको अनलाइन चर्चाका लागि गरिएको लापरबाहीले पाँच परिवारमा अपूरणीय क्षति पुर्‍याएको घटनाले सामाजिक सञ्जालको प्रयोग र सडक सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ ।


शनिबार, ६ भाद्र २०८३
सम्बन्धित समाचार
Go