logo

२०८३ भाद्र ७ आइतबार

‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन–५ को फिनाले असोज ९ गते

‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन–५ को फिनाले असोज ९ गते

  • Pradip
  • आइतबार, ७ भाद्र २०८३
234
SHARES
‘मिस्टर एण्ड मिस विश्वकर्मा’ सिजन–५ को फिनाले असोज ९ गते

मिस्टर  एण्ड मिस विश्वकर्मा’को पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । विश्वकर्मा समुदायका युवायुवतीको प्रतिभा उजागर गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताको अडिसन प्रक्रिया पूरा भएको आयोजकले जनाएको छ ।



वी ब्रोज इन्टरटेन्मेन्टका अध्यक्ष सञ्जय विश्वकर्माका अनुसार अडिसनका सम्पूर्ण काम सकिएको छ । अब प्रतियोगिताका सहभागीलाई ग्रुमिङ गराउने तथा अन्तिम छनोटको प्रक्रिया अघि बढाइने उनले जानकारी दिएका छन् ।

प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असोज ९ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । फिनालेमा विभिन्न चरण पार गर्दै अन्तिम प्रतिस्पर्धामा पुगेका युवायुवतीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकर्मा समुदायका युवायुवतीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताको पाँचौँ संस्करणलाई यसपटक पनि थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ ।


आइतबार, ७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go