logo

२०८३ भाद्र ७ आइतबार

तिशा शाक्य बनिन् १९औँ मिस नेवा: नेपाल

तिशा शाक्य बनिन् १९औँ मिस नेवा: नेपाल

  • Pradip
  • आइतबार, ७ भाद्र २०८३
260
SHARES
तिशा शाक्य बनिन् १९औँ मिस नेवा: नेपाल

 



ललितपुर पाटनकी तिशा शाक्यले १९औँ संस्करणको ‘मिस नेवा: नेपाल’को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमको आयोजनामा आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै तिशाले उपाधि हात पारेकी हुन् ।

उपाधिसँगै उनले नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छन् । तिशाले मुख्य ताजसँगै गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितेकी छन् । उक्त विधामा उनले थप १० हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप तथा जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए । फस्ट रनर्सअप सारिकाले ५० हजार रुपैयाँ तथा सेकेन्ड रनर्सअप जेसिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवा: नेपाल सुनिता डङ्गोलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा विभिन्न विधाका उपाधिसमेत प्रदान गरिएको थियो । सबनम शाक्य मिस ट्यालेन्ट घोषित हुँदा हिमानी प्रधान फस्ट रनर्सअप र करुणा चक्रधर सेकेन्ड रनर्सअप बने ।

करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए । सोही विधामा सारिका महर्जन फस्ट रनर्सअप तथा दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने ।

दुर्गा देउलाले मिस डिसिप्लिन, हिमानी प्रधानले मिस पब्लिक च्वाइस तथा प्रिस्टिन अवालेले बेस्ट ड्रेसको उपाधि जिते । यस्तै शिक्षा महर्जनले कञ्चनजंघा अगरबत्ती मिस कल्चर तथा निश्ला महर्जनले बेलाभिटा मिस पर्सनालिटीको उपाधि हात पारे ।
कलशा अवालेले बेस्ट हेयर, दृष्टि महर्जनले बेस्ट स्किन, सारिका महर्जनले मिस फोटोजेनिक, अनुष्का नाकर्मीले मिस स्माइल तथा सोनिया महर्जनले मिस चार्मिङको उपाधि जिते । मिस फ्रेन्डसिपको उपाधि भने रेजिना बज्राचार्यले प्राप्त गरिन् ।

नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमुख निर्णायक रहेको प्रतियोगितामा विभिन्न क्षेत्रका व्यक्तिहरू निर्णायकका रूपमा सहभागी थिए ।


आइतबार, ७ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go