logo

२०८३ असोज २ शुक्रबार

‘बखत्ते’को शुभमुहूर्तसँगै निर्माण घोषणा

‘बखत्ते’को शुभमुहूर्तसँगै निर्माण घोषणा

0
SHARES
‘बखत्ते’को शुभमुहूर्तसँगै निर्माण घोषणा

फिल्म ‘बखत्ते’को शुभमुहूर्तसँगै निर्माण घोषणा गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको हो ।

आन्भी फिल्म्सको प्रस्तुति र कबड्डी फिल्म्सको सहकार्य रहने चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहनेछन् । उनीहरूसँगै शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायत कलाकारको अभिनय रहनेछ ।

लामो समयको तयारीपछि ‘बखत्ते’ निर्देशन गर्न लागेको निर्देशक सुब्बाले बताए । कथाप्रति आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले इमान्दारीपूर्वक कथा लेखेकाले त्यही भावनासहित चलचित्र निर्माण गर्ने बताए ।

सुब्बाको पछिल्लो निर्देशित चलचित्र ‘जारी २’ हो ।

चलचित्रमा आशिषएच तामाङ र प्रदीपजी धामी निर्माता तथा युवराज काफ्ले कार्यकारी निर्माता छन् । अञ्जु पाण्डे र पुष्कर घिमिरे सह–निर्माताका रूपमा रहेका छन् ।

‘बखत्ते’को छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन् भने निमेष श्रेष्ठ सम्पादनमा छन् । उत्तम न्यौपानेले साउन्ड डिजाइन गर्नेछन् । फिरोज खड्का र किरण चाम्लिङ राई चीफ आरओ तथा दिलीप पन्त हेड अफ प्रोडक्सनमा छन् । प्रोडक्सन म्यानेजरको जिम्मेवारी रबिन बखरेलले सम्हाल्नेछन् ।

चलचित्रका लागि शुसान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलले संगीत तयार गर्नेछन् । गीत युवराज काफ्ले र दानबहादुर कार्कीका रहनेछन् ।

मेकअप तथा हेयरको जिम्मेवारी स्वस्तिका श्रेष्ठ (स्वस्तिका स्टुडियो)ले सम्हाल्नेछिन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको ट्राइडेन्ट कन्सेप्ट टिमले गर्नेछ ।

मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको चलचित्रको काठमाडौं वितरण एप्पल इन्टरटेनमेन्ट र काठमाडौं बाहिरको वितरण कुबेर सिने डिस्ट्रिब्युसन्सले गर्नेछ ।


शुक्रबार, २ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go