logo

२०८३ असोज ३० शुक्रबार

बेहुली’ ले प्रदर्शनको पहिलो साता उत्साहजनक व्यापार गर्दै दोस्रो हप्ताको यात्रा

बेहुली’ ले प्रदर्शनको पहिलो साता उत्साहजनक व्यापार गर्दै दोस्रो हप्ताको यात्रा

208
SHARES
बेहुली’ ले प्रदर्शनको पहिलो साता उत्साहजनक व्यापार गर्दै दोस्रो हप्ताको यात्रा

चलचित्र बेहुली’ ले प्रदर्शनको पहिलो साता उत्साहजनक व्यापार गर्दै दोस्रो हप्ताको यात्रा थालेको छ । प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार चलचित्रले हालसम्म २ करोड २७ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

प्राप्त व्यावसायिक रिपोर्टलाई आधार मान्दा ‘बेहुली’को यो कलेक्सन पछिल्लो समय प्रदर्शनमा आएका तथा त्यसअघि रिलिज भएका केही चलचित्रको तुलनामा समेत उच्च रहेको निर्माण पक्षको दाबी छ । दोस्रो हप्तामा प्रवेश गर्दा पनि देशभरका हलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको बताइएको छ ।

चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझी अहिले दर्शकसँग प्रत्यक्ष भेटघाटका लागि विभिन्न हलमा पुगिरहेका छन् । हल भ्रमणका क्रममा कलाकारले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । दर्शकको प्रतिक्रियाले चलचित्रको दोस्रो साताको प्रदर्शनलाई थप ऊर्जा दिएको निर्माण पक्षको भनाइ छ ।

नेपालमा राम्रो प्रतिक्रिया पाइरहेको ‘बेहुली’ विदेशमा पनि प्रदर्शनमा आएको छ । चलचित्र अमेरिका, अस्ट्रेलिया तथा मध्यपूर्वका विभिन्न देशमा प्रदर्शन भइरहेको छ ।

समाजको यथार्थता, युवा पुस्ताको मनोभाव र पारिवारिक सम्बन्धका संवेदनशील पक्षलाई कथाको केन्द्रमा राखिएको चलचित्रमा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँलगायत कलाकारको अभिनय छ ।

माधव शर्माको लेखन रहेको चलचित्रलाई सशान कँडेलले निर्देशन गरेका हुन् । अर्जुन पोखरेल प्रस्तुतकर्ता तथा प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन् । दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माताका रूपमा रहेका छन् ।


शुक्रबार, २ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go