logo

२०८३ असोज ३ शनिबार

छ माया छपक्कै २’ दशैंमा आउने

छ माया छपक्कै २’ दशैंमा आउने

13
SHARES
छ माया छपक्कै २’ दशैंमा आउने

दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माण टोलीबाट आउँदै गरेको बहुप्रतीक्षित फिल्म ‘छ माया छपक्कै २’ दशैंको अवसर पारेर प्रदर्शनमा आउने भएको छ।

निर्माताले शनिबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका हुन्। फिल्म आगामी ३१ असोज अर्थात् दशैंको फूलपातीका दिनदेखि देशभरका हलमा रिलिज हुनेछ।

दीपक–दीपाको टिमले विगतमा पनि दशैंलाई लक्षित गर्दै आफ्ना फिल्म सार्वजनिक गर्दै आएको छ। यसपटक पनि सोही परम्परालाई निरन्तरता दिँदै ‘छ माया छपक्कै २’ लाई दशैंको मुख्य रिलिजका रूपमा ल्याउन लागिएको हो।

सार्वजनिक पोस्टरमा दीपकराज गिरीसँगै केकी अधिकारी र सनिशा भट्टराईलाई प्रस्तुत गरिएको छ। पोस्टरमा दीपक बाँसुरी बजाइरहेको अवस्थामा देखिन्छन् भने उनका दायाँ र बायाँतर्फ रहेका केकी तथा सनिशालाई गर्भवती पात्रको रूपमा देखाइएको छ। पोस्टरको प्रस्तुतिले फिल्मको कथा सम्बन्ध र सामाजिक प्रवृत्तिसँग जोडिएको संकेत गर्छ।

सन् २०१९ मा रिलिज भएको ‘छ माया छपक्कै’को यो दोस्रो श्रृंखला हो। पहिलो भागमा राजनीति र सम्बन्धलाई कथाको मुख्य आधार बनाइएको थियो भने दोस्रो श्रृंखला पनि सामाजिक तथा राजनीतिक विषयवस्तुको वरिपरि केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मका निर्माता रोहित अधिकारी हुन्। आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको प्रस्तुतिमा ‘छ माया छपक्कै २’ निर्माण गरिएको हो।


शनिबार, ३ असोज २०८३
सम्बन्धित समाचार
Go