logo

२०८३ असोज ३० शुक्रबार

म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक

म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक

689
SHARES
म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक

पूर्वी रुकुमको प्राकृतिक सौन्दर्य र स्थानीय जीवनशैलीलाई कथाको आधार बनाइएको म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक भएको छ। प्रेम, वियोग र पीडालाई केन्द्रमा राखिएको यस म्युजिकल फिल्मलाई परम्परागत गीतको भिडियोभन्दा फरक शैलीमा प्रस्तुत गरिएको छ।

बिग नेपाली फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘पिर मनैमा’को छायांकन पूर्वी रुकुमका पाँचभन्दा बढी गाउँमा गरिएको हो। करिब एक साता लगाएर गरिएको छायांकनमा स्थानीय गाउँबस्ती, डाँडाकाँडा र प्राकृतिक दृश्यलाई कथाको भावनासँग जोडिएको छ।

वास्तविक लोकेसनमा खिचिएका दृश्यले म्युजिकल फिल्मको कथालाई थप प्रभावकारी बनाएको निर्माण पक्षको भनाइ छ। गीतमा शान्ति श्री परियार र रबिन भुसालको स्वर रहेको छ भने शब्द र संगीत रबिन भुसालकै हो।

म्युजिकल फिल्ममा बिशाल नेपाली, गीता ढुंगाना लगायत कलाकारले अभिनय गरेका छन्। निर्देशन पनि बिशाल नेपालीले नै गरेका हुन्।

‘पिर मनैमा’ले प्रेम र वियोगको कथालाई दृश्य भाषामार्फत प्रस्तुत गरेको छ। फिल्मले प्रेमलाई केवल जीवनसँग जोडिएको अनुभूति नभई मृत्युले समेत सजिलै समाप्त गर्न नसक्ने गहिरो सम्बन्धका रूपमा चित्रण गरेको छ।

पूर्वी रुकुमको मौलिक परिवेशमा खिचिएका दृश्य, प्राकृतिक सौन्दर्य र मानवीय संवेदनालाई कथासँग जोडिनु म्युजिकल फिल्मको विशेष पक्ष हो। प्रेमको पीडा र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको ‘पिर मनैमा’ले दर्शकलाई फरक किसिमको दृश्य तथा भावनात्मक अनुभव दिने निर्माण पक्षको विश्वास छ।


शनिबार, १० असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go