logo

२०८३ असोज ३० शुक्रबार

‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक

‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक

221
SHARES
‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक

दसैंलाई लक्षित गर्दै असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ। प्रेम र समर्पणको भाव समेटिएको गीतमा धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत रहेको छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन्।

गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र मलिका महतलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। उनीहरूबीचको प्रेम, आकर्षक नृत्य तथा विवाहलाई लिएर हुने नोंकझोंकलाई भिडियोमा देखाइएको छ। भिडियोमा आकाश श्रेष्ठको प्रवेशसँगै कथामा त्रिकोणात्मक प्रेमको संकेत पनि गरिएको छ। गीतको सम्पादन साहिल खानले गरेका हुन्।

चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत र आकाश श्रेष्ठसँगै विपना थापा, स्व. प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, रिश्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का र दीलिप अखेडालगायत कलाकारको अभिनय छ। भारतीय कलाकार स्व. प्रदीप रावतको यो अन्तिम नेपाली चलचित्र रहेको निर्माण पक्षले जनाएको छ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रको कथा तथा पटकथा चन्द्र पन्तले तयार पारेका हुन्। संवाद सन्तोष भट्टको छ। साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन, एलिस कार्कीको पार्श्व संगीत, राजेन्द्र मोक्तानको रंग संयोजन तथा राम–लक्ष्मण सेन्चुरीको द्वन्द्व निर्देशन रहेको छ।

आमा र छोराबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखिएको चलचित्रले वैदेशिक रोजगारीका कारण परिवारमा आउने उतारचढाव र सम्बन्धका पक्षलाई प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ।


मंगलबार, १३ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go