logo

२०८३ असोज ३० शुक्रबार

‘आहत उजेलीहरू’ शिल्पी थिएटरमा मञ्चन हुँदै

‘आहत उजेलीहरू’ शिल्पी थिएटरमा मञ्चन हुँदै

351
SHARES
‘आहत उजेलीहरू’ शिल्पी थिएटरमा मञ्चन हुँदै

सञ्चारकर्मी तथा साहित्यकार दिपक समीरको कथा ‘आहत उजेलीहरू’ नयाँ शैलीमा मञ्चन हुने भएको छ । कथा वाचन, मौन अभिनय र प्रत्यक्ष संगीतको संयोजनमा यसलाई रंगमञ्चमा प्रस्तुत गर्न लागिएको हो ।

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा असोज १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रममा कथाकार समीर स्वयंले ‘आहत उजेलीहरू’ वाचन गर्नेछन् । कला निर्देशक सुमन सागरजंग केसीको नेतृत्वमा कलाकारहरूले कथाअनुसार मौन अभिनय प्रस्तुत गर्नेछन् ।

वाचन र अभिनयलाई थप प्रभावकारी बनाउन संगीतकर्मी विकल खड्काको नेतृत्वमा संगीत समूहले लाइभ संगीत प्रस्तुत गर्नेछ । कार्यक्रममा गायिका सुनिता कार्कीको स्वरमा गीतसमेत प्रस्तुत गरिनेछ ।

‘कथालय’ नाम दिइएको कार्यक्रम ब्रोडिजी ग्रुपको आयोजनामा हुन लागेको हो । पत्रकार विमल नेपालले संयोजन गरेको कार्यक्रमका सञ्चारकर्मी भोजबहादुर विश्वकर्मा सल्लाहकारका रूपमा छन् ।

‘आहत उजेलीहरू’ दिपक समीरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’मा समेटिएको कथा हो । कथाले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव र त्यसबाट सिर्जित सामाजिक तथा पारिवारिक अवस्थालाई विषय बनाएको कथाकार समीरले बताएका छन् ।

कथालाई नाटकका रूपमा मञ्चन गर्ने अभ्यास रहे पनि वाचन, मौन अभिनय र लाइभ संगीतलाई एकसाथ जोडेर प्रस्तुत गर्न लागिएको यो कार्यक्रम नेपाली रंगमञ्चमा फरक प्रयोगका रूपमा अघि सारिएको आयोजकको दाबी छ ।


बिहिबार, १५ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go