logo

२०८३ असोज ३० शुक्रबार

चलचित्र १२ गाउँ २ को नयाँ गीत ” लाली गुराँस ” सार्वजनिक :

चलचित्र १२ गाउँ २ को नयाँ गीत ” लाली गुराँस ” सार्वजनिक :

  • kollywood 1
  • शुक्रबार, १६ असोज २०८३
351
SHARES
चलचित्र १२ गाउँ २ को नयाँ गीत ” लाली गुराँस ” सार्वजनिक :

नेपाली चलचित्र ‘१२ गाउँ २’ को नयाँ गीत ‘लाली गुराँस’ सार्वजनिक गरिएको छ । चलचित्रमा समिर भट्ट र नव–कलाकार क्रिशु शाही (काफिया) लाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । प्रेमभावमा आधारित गीतमा शिव परियार र सरोदी कुमारीको स्वर रहेको छ ।

‘लाली गुराँस’ गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ । गीतको म्युजिक प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ रूप महन्ताले गरेका छन् । गीतको कोरसमा आश्मा दुलाल, मनिषा सुनार र वर्षा राईले साथ दिएका छन् । गीत काठमाडौंको वेभ स्टुडियो तथा भारतको मुम्बईस्थित प्लेहेड स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समिर भट्ट र क्रिशु शाहीलाई प्रस्तुत गरिएको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् भने सम्पादन बन्दे प्रसादले गरेका छन् । कलरिस्टको जिम्मेवारी राजेन्द्र मोक्तानले सम्हालेका छन् ।

बिराज भट्टको निर्देशनमा तयार भएको ‘१२ गाउँ २’ मा बिराज भट्ट, समिर भट्ट, अनुपविक्रम शाही, सुनील पोखरेल, प्रकाश शाह, खुसी कार्की, कालु राना, सुधीर श्रेष्ठ, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, सहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवकुमार सिंह, नेहा आरएल शाह र पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा क्रिशु शाही (काफिया) र वर्षा इटानीलाई नयाँ कलाकारका रूपमा प्रस्तुत गरिएको छ ।

सरस्वती भट्ट चलचित्रकी निर्माता हुन् भने सन्तोष सरकार लेखक रहेका छन् । चलचित्रको छायांकन महेश पौडेलले गरेका छन् । द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन् । चलचित्र सम्पादन बन्दे प्रसादले गरेका छन् ।

चलचित्रका अन्य प्राविधिक पक्षमा जिजेन्द्रन भी (चेन्नई), प्रकाश रुद्र, मेघा शाही सापकोटा, ज्योति केसी, चलचित्र सम्पादन तथा पोस्ट प्रोडक्सनतर्फ मुभी पोइन्ट स्टुडियो लगायतको सहभागिता रहेको छ । पृष्ठभूमि संगीत कलाचरणले तयार गरेका छन् भने साउन्ड डिजाइन तथा डल्बी एटमस मिक्सिङ एम गीता गुरप्पाले गरेका छन् ।

चलचित्रको भीएफएक्स सुपरभिजनमा समिर मियाँ, लुजा राज भण्डारी र सत्याम रानाको सहभागिता रहेको छ । त्यस्तै, टिजर तथा ट्रेलर सन्देश शाहले तयार गरेका छन् । चलचित्रको पोसाक डिजाइन ज्योति केसीले गरेकी छन् ।

बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘१२ गाउँ २’ असोज ३० गते अर्थात् अक्टोबर १६ देखि नेपालका हलमा प्रदर्शनमा आउने घोषणा गरिएको छ । चलचित्रको डिजिटल पार्टनर आरटी इन्टरटेनमेन्ट रहेको छ भने वितरणतर्फ गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसन रहेका छन् ।

‘१२ गाउँ २’ को नयाँ गीत ‘लाली गुराँस’ सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारसमेत तीव्र बनाइएको छ । गीतमा समिर भट्ट र क्रिशु शाहीको जोडीलाई प्रेमभावमा प्रस्तुत गरिएको छ भने चलचित्रले एक्सनसँगै प्रेम र पारिवारिक कथालाई समेत समेटेको निर्माण पक्षले जनाएको छ ।


शुक्रबार, १६ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go