logo

२०८३ कार्तिक ८ शनिबार

बक्सअफिसमा ‘बाः एक योद्धा’को दबदबा, ‘आचार्य’ डेढ करोड पार्दा ‘जदौ’ कमजोर

बक्सअफिसमा ‘बाः एक योद्धा’को दबदबा, ‘आचार्य’ डेढ करोड पार्दा ‘जदौ’ कमजोर

  • kollywood 1
  • सोमबार, १९ असोज २०८३
273
SHARES
बक्सअफिसमा ‘बाः एक योद्धा’को दबदबा, ‘आचार्य’ डेढ करोड पार्दा ‘जदौ’ कमजोर

असोज ९ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्रमध्ये ‘बाः एक योद्धा’ले बक्सअफिसमा सबैभन्दा बलियो व्यापार गरिरहेको छ। चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक बक्सअफिस रिपोर्टअनुसार १० दिनमा ‘बाः एक योद्धा’ले १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस अवधिमा फिल्मका ६५ हजार ५६० टिकट बिक्री भएका छन्।

सुरुवाती दिनमा अपेक्षाकृत कमजोर देखिएको यो फिल्म पछिल्ला दिनमा भने आक्रामक देखिएको हो। हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्मले बुवाले सन्तानको भविष्यका लागि गर्ने त्याग र संघर्षको कथा प्रस्तुत गरेको छ। फिल्ममा दिव्यदेव पन्त, झरना थापा र सुहाना थापालगायत कलाकारको अभिनय छ।

यता, निखिल उप्रेतीको कमब्याक फिल्म ‘आचार्य’ले पनि उत्साहजनक व्यापार गरेको छ। १० दिनमा फिल्मले १ करोड ५६ लाख ६७ हजार ५४६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने ५४ हजार १०६ टिकट बिक्री भएका छन्। निखिल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्म एक्सन जनरामा बनेको हो।

असोज ९ मै रिलिज भएको ‘जदौ’ भने यी दुई फिल्मको तुलनामा निकै कमजोर देखिएको छ। १० दिनमा फिल्मले १३ लाख ९८ हजार ७१५ रुपैयाँ मात्रै व्यापार गरेको छ। यस अवधिमा ३ हजार ८६७ टिकट बिक्री भएका छन्।

नीति शाह, मुकुन भुषाल, प्रभात पाल ठकुरी र ऋचा शर्माको अभिनय रहेको ‘जदौ’ले प्रेम, जातीय विभेद, अन्तरजातीय सम्बन्ध र पारिवारिक द्वन्द्वको कथा प्रस्तुत गरेको छ।


सोमबार, १९ असोज २०८३
सम्बन्धित समाचार
Go