logo

२०८३ कार्तिक ७ शुक्रबार

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक

208
SHARES
‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक

दसैंको अवसर पारेर कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा रिकेश गुरुङ किजले संगीत संयोजनसँगै मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सम्हालेका छन् ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य पात्र काजी अर्थात् दयाहाङ राईको प्रेमसम्बन्ध र जीवनका उतारचढावलाई प्रस्तुत गरिएको छ । काजीको जीवनमा तीन सोल्टिनीको प्रवेश देखाइएको भिडियोमा एकसँग उनले घरजम गरिसकेका छन् भने मैयाँ र मिस शान्तिसँगको सम्बन्धले पनि उनको जीवनमा प्रभाव पारेको देखिन्छ ।

गीतले भने काजीको प्रेम र मनोदशालाई केन्द्रमा राखेको छ । जीवनभर साथ दिन नसक्ने हो भने प्रेमको कुरा नगर्न आग्रह गर्ने भाव गीतमा व्यक्त गरिएको छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै विपिन कार्की, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, रमेश बज्राचार्य, हरि मिजार र पञ्च सुब्बा गुरुङलगायतको अभिनय छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

‘कबड्डी’का अघिल्ला चारवटै श्रृंखलाले नेपाली बक्स अफिसमा उल्लेख्य सफलता हासिल गरेका थिए । नयाँ श्रृंखलाले पनि दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।


मंगलबार, २० असोज २०८३
सम्बन्धित समाचार
Go