logo

२०८३ कार्तिक ७ शुक्रबार

गुपचुप छायांकनमा दीपेन्द्र के खनालको ‘श्रीमान् श्रीमती’

गुपचुप छायांकनमा दीपेन्द्र के खनालको ‘श्रीमान् श्रीमती’

143
SHARES
गुपचुप छायांकनमा दीपेन्द्र के खनालको ‘श्रीमान् श्रीमती’

निर्देशक दीपेन्द्र के खनालले आफ्नो नयाँ चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन गोप्य रूपमा अघि बढाइरहेका छन् । औपचारिक घोषणा नगरी सुरु गरिएको चलचित्रको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंका विभिन्न स्थानमा चलचित्रको छायांकन भइरहेको छ । निर्देशक खनालका अनुसार अब करिब एक साताभित्र छायांकन पूरा हुनेछ । निर्माण टिमले चलचित्रको विषयवस्तु र निर्माण प्रक्रियालाई सकेसम्म सार्वजनिक नगरी काम अघि बढाएको हो ।

पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा निर्माण भइरहेको ‘श्रीमान् श्रीमती’ पारिवारिक कथामा आधारित चलचित्र हो । फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् ।

सामाजिक तथा गम्भीर विषयलाई कथाको केन्द्रमा राखेर चलचित्र बनाउँदै आएका खनालले यसपटक भने पारिवारिक कथालाई रोजेका छन् । उनका अनुसार चलचित्रमा दर्शकले आफ्नै जीवनसँग जोड्न सक्ने सरल र मिठो कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

“दर्शकले मन पराउने मिठो कथामा सिनेमा बन्दैछ । आशा छ, दर्शकले मन पराउनु हुनेछ,” खनालले भनेका छन्, “हामीले इमान्दार भएर सिनेमा बनाउने हो । पक्कै पनि इमान्दार बनेर बनाइएको सिनेमा दर्शकको रोजाइमा पर्छ ।”

चलचित्रको प्रदर्शन मिति भने निर्माण पक्षले अहिलेसम्म सार्वजनिक गरेको छैन । छायांकन सम्पन्न भएपछि पोस्ट–प्रोडक्सनको काम अघि बढाइनेछ ।

खनालको पछिल्लो रिलिज चलचित्र ‘हरिबहादुरको जुत्ता’ हो । उनले ‘क्याप्टेन साब’को छायांकनसमेत पूरा गरिसकेका छन् । ‘क्याप्टेन साब’ भने प्रदर्शनको तयारीमा छ ।


बिहिबार, २२ असोज २०८३
सम्बन्धित समाचार
Go