logo

२०८३ कार्तिक ९ आइतबार

‘छ माया छपक्कै २’को ‘मायामा एक्सपायरी डेट हुँदैन’ गीत सार्वजनिक

‘छ माया छपक्कै २’को ‘मायामा एक्सपायरी डेट हुँदैन’ गीत सार्वजनिक

208
SHARES
‘छ माया छपक्कै २’को ‘मायामा एक्सपायरी डेट हुँदैन’ गीत सार्वजनिक

दीपकराज गिरी र दीपाश्री निरौला समूहको चर्चित फिल्म फ्रेन्चाइज ‘छक्का पञ्जा’का केही श्रृंखलामा विवाहेत्तर सम्बन्धलाई कथाको केन्द्रमा राखिएको थियो । अब यही विषयलाई नयाँ ढंगले प्रस्तुत गर्दै ‘छ माया छपक्कै २’ निर्माण गरिएको संकेत फिल्मको नयाँ गीतले गरेको छ ।

बुधबार सार्वजनिक ‘मायामा एक्सपायरी डेट हुँदैन’ गीतको भिडियोले फिल्मको कथावस्तुबारे केही महत्वपूर्ण झलक दिएको छ । भिडियोमा दीपकराज गिरी र केकी अधिकारीलाई श्रीमान्–श्रीमतीको भूमिकामा देखाइएको छ । उनीहरू नवविवाहित जोडीको शैलीमा प्रस्तुत भएका छन् ।

तर, कथाले अर्को मोड लिँदा दीपकराज र सनिशा भट्टराईबीचको प्रेमसम्बन्ध देखाइएको छ । भिडियोमा केकी र सनिशा दुवै गर्भवती भएको दृश्यसमेत समावेश छ । यी दृश्यले फिल्मको कथा विवाहेत्तर सम्बन्ध वरिपरि घुम्ने संकेत गर्छ ।

सविन सुवेदी र सहिमा श्रेष्ठको स्वरमा रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत छ । ‘छक्का पञ्जा’का ‘देखन चम्पा’, ‘पहिलो नम्बरमा’ र ‘दर्शन सलाम’जस्ता लोकप्रिय गीतमा संगीत दिएका शर्माकै संगीत भएकाले नयाँ गीतले पनि दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ । गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज, केकी र सनिशासँगै निर्मल शर्मा, कर्मा, जितु नेपाल, रिहान गिरीलगायत कलाकारको अभिनय छ । केही दिनअघि अमेरिकाबाट नेपाल फर्किएका केदार घिमिरे ‘माग्ने बुढा’ पनि फिल्ममा देखिनेछन् । उनको दृश्यको छायांकन काठमाडौंमा यसै साता गरिएको हो ।

फिल्मका निर्माता रोहित अधिकारी हुन् ।


बिहिबार, २२ असोज २०८३
सम्बन्धित समाचार
Go