logo

२०८३ कार्तिक ८ शनिबार

‘बाटुलो जून’मा ग्रामीण लुक्समा प्रिन्सी, अनमोलसँग प्रेमिल जोडी

‘बाटुलो जून’मा ग्रामीण लुक्समा प्रिन्सी, अनमोलसँग प्रेमिल जोडी

  • kollywood 1
  • आइतबार, २५ असोज २०८३
182
SHARES
‘बाटुलो जून’मा ग्रामीण लुक्समा प्रिन्सी, अनमोलसँग प्रेमिल जोडी

निर्देशक भुवन केसीको चलचित्र ‘बाटुलो जून’मा नवअभिनेत्री प्रिन्सी खतिवडाको ग्रामीण परिवेश झल्किने आकर्षक अवतार सार्वजनिक भएको छ । चलचित्रको प्रचार सामग्री र ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ बोलको गीतमार्फत प्रिन्सीको फरक रूप दर्शकमाझ आएको हो ।

गीतको भिडियोमा प्रिन्सीलाई ग्रामीण परिवेशमा आधारित पहिरन र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । उनीसँगै अभिनेता अनमोल केसी पनि परिपक्व ग्रामीण युवाको भूमिकामा देखिएका छन् । भिडियोमा अनमोल प्रिन्सीप्रति आकर्षित हुँदै प्रेम प्राप्तिको यात्रामा अघि बढेको दृश्य समेटिएको छ ।

अनमोल र प्रिन्सीको रोमान्टिक केमेस्ट्री गीतको मुख्य आकर्षण बनेको छ । यसअघि चलचित्रको झलक सार्वजनिक हुँदा अनमोलको लुक्सले चर्चा पाएको थियो । अहिले गीत सार्वजनिक भएपछि प्रिन्सीको प्रस्तुति र दुवै कलाकारबीचको जोडीलाई लिएर दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ ।

‘मेरो मन चोर्‍यौ सुटुक्कै’ गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर रहेको छ भने युग भुसालले शब्द तथा संगीत सिर्जना गरेका छन् ।

भुवन केसीको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडासँगै अन्य कलाकारको पनि अभिनय रहेको छ । चलचित्र आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।


आइतबार, २५ असोज २०८३
सम्बन्धित समाचार
Go