logo

२०८३ असार १० बुधबार

logo
  • बुधबार, १० असार २०८३
  • ‘पारी बुटोल’को टिजर सार्वजनिक

    ‘पारी बुटोल’को टिजर सार्वजनिक

    559
    SHARES
    ‘पारी बुटोल’को टिजर सार्वजनिक

    गगणेश देव पाण्डेको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक भएको छ। टिजरमा चलचित्रका प्रमुख पात्रहरूलाई क्रमैसँग उनीहरूको लुक्स र चरित्रमा प्रस्तुत गरिएको छ, जसले यो चलचित्र ग्याङ्स्टर जनरामा निर्माण भएको कुरालाई प्रमाणित गर्छ। टिजरमा देखिएको कलाकारहरूको उत्कृष्ट अभिनय, महेश पौडेलको जीवन्त छायाङ्कन, जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र र्‍यापर भ्योमाको गीतले निकै गजबको संयोजन बनाएको छ।

    लेखक तथा निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ केवल एउटा ग्याङ्स्टर फिल्म मात्र होइन। यो युवाहरू, उनीहरूको परिवार, जीवनका सङ्घर्षहरू र सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने चलखेललाई सामान्य बनाउने प्रयासको कथा हो। बुटवलका वास्तविक स्थानहरूमा छायाङ्कन गरिएको यस चलचित्रले त्यहाँको वास्तविक वातावरणलाई समेट्दै दर्शकलाई एकदमै लोकल र यथार्थपरक अनुभूति दिनेछ। फिल्मका पात्रहरू बुटवलकै वास्तविक मानिसहरू र उनीहरूको भोगाइबाट प्रेरित छन्। उनीहरूको भाषा, बोलीचालीदेखि शारीरिक हाउभाउसम्मलाई वास्तविक जीवनका घटना र अनुभवहरूबाट लिइएको छ, जसले कथाको सत्यतालाई थप गहिरो बनाउँदै दर्शकसँग सिधै जोड्ने विश्वास निर्माण पक्षको छ।

    पर्दामा पात्रहरूलाई विश्वसनीय र यथार्थपरक देखाउन निर्माण टोलीले निकै लामो गृहकार्य गरेको थियो। करिब एक हजार जना कलाकारहरूको अडिसनबाट सही कलाकारहरूको छनोट गरिएको थियो। पात्रहरूमा जीवन्तता ल्याउनका लागि करिब छ महिना लामो अभिनय कार्यशाला र एक महिनाको एक्सन वर्कसप सम्पन्न गरेपछि मात्र चलचित्रको छायाङ्कन सुरु गरिएको थियो।

    ल्याक्सी श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा मनीषा अधिकारी सह-निर्माताको रूपमा रहेकी छन्। चलचित्रमा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठ लगायतका दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ। त्यसै गरी, चलचित्रमा एनबी महर्जनको एक्सन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन र रोहित बरालको लोकेसन साउन्ड रहेको छ। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको छ। वास्तविक धरातलबाट उठेर निर्माण भएको यस चलचित्रले नेपाली दर्शकमाझ नयाँ छाप छोड्ने अपेक्षा गरिएको छ।


    आइतबार, ६ बैशाख २०८३
    सम्बन्धित समाचार
    Go