logo

२०८३ असार ४ बिहिबार

logo
  • बिहिबार, ४ असार २०८३
  • ‘क्याप्टेन साब’को छायांकन सकिएको छ

    ‘क्याप्टेन साब’को छायांकन सकिएको छ

    0
    SHARES
    ‘क्याप्टेन साब’को छायांकन सकिएको छ

    चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो ।

    पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो । चलचित्रको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो ।

    दीपेन्द्र के खनालले निर्देशन रहेको चलचित्र कृष्णबहादुर थापाले खिचेका छन् । चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।

    पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन् ।

    दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो दोस्रोपटक सहकार्य हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।

    यो चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

    निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।


    बिहिबार, ४ असार २०८३
    सम्बन्धित समाचार
    Go