logo

२०८३ असोज ६ मंगलबार

‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक

‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक

39
SHARES
‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको फिल्म ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको करिब चार मिनेट लामो ट्रेलरले फिल्मको कथा, पात्र र उनीहरूबीचको द्वन्द्वलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरेको छ।

मुस्ताङको रमणीय परिवेशलाई पृष्ठभूमि बनाइएको फिल्मले चार पात्रको सम्बन्ध र उनीहरूको जीवनमा आइपर्ने प्रेम, वियोग तथा झगडाको कथा समेटेको छ। ट्रेलर हेर्दा फिल्म मुख्यतः कमेडीमा आधारित रहेको बुझिन्छ।

ट्रेलरमा सुरक्षा पन्तलाई आफ्नो बनाउन चाहने तीन युवाको प्रयास र त्यसबाट सिर्जना हुने परिस्थितिलाई हास्य शैलीमा देखाइएको छ। सुरक्षाको कडा स्वभाव र पुरुष पात्रहरूसँगको झगडा तथा कुटपिटका दृश्यले ट्रेलरमा थप मनोरञ्जन थपेका छन्।

ट्रेलरले सुरक्षा पन्त र मुकुन भुसाल श्रीमान्–श्रीमतीको भूमिकामा रहेको जानकारी पनि दिएको छ। यी पात्रको सम्बन्ध, अन्य युवाको प्रेम प्रयास र त्यसबाट उत्पन्न परिस्थितिले फिल्मको कथालाई अघि बढाउने देखिन्छ।

असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा सुरक्षा र मुकुनसँगै विल्सन विक्रम राई, उमेश राई ‘फुलन्देकी आमा’, रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, प्रेम देव गिरी र खड्गबहादुर पुनलगायत कलाकारको अभिनय छ। ‘प्रेम चरो’का रूपमा परिचित नारायण त्रिपाठीले यही फिल्ममार्फत करिब दुई दशकपछि अभिनयमा पुनरागमन गरेका छन्।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुनिता सापकोटा र राम नारायण उपाध्याय हुन्। उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेका छन्।

फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् भने कथा तथा पटकथा एभरेष्ट सूर्य बोहरा र शिवम् अधिकारीको हो। सहास शाक्यले पार्श्व ध्वनी र कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन्।


मंगलबार, ६ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go