२६ औं वार्षिकोत्सवका अवसर पारेर चलचित्र विकास बोर्डले अहिलेसम्म सर्वाधिक कमाइ गर्ने ३१ नेपाली भाषाका फिल्मका सूची सार्वजनिक गरेको छ ।
यी फिल्मको कुल ग्रस कमाइ ४ अर्ब ३३ लाख ६१ हजार ५२९ रुपैयाँ हुन आउँछ । शीर्षस्थानमा सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ रहँदा पुछारमा ‘आगो’ छ । त्यस्तै १७ करोड ७६ लाखसहित चौथो स्थानमा ‘परान’, १३ करोड २० लाखसहित १२औं स्थानमा ‘आ बाट आमा’, ९ करोड ३१ लाखसहित १९औं स्थानमा ‘लालीबजार’, ९ करोड २६ लाखसहित २०औं स्थानमा ‘लुट २’ र ७ करोड २० लाखसहित ३१औं स्थानमा ‘आगो’ परेको छ । यीमध्ये ‘आगो’ दशकअघिको फिल्म हो ।
यस्तो छ सूची (ग्रसमा)
१. पूर्णबहादुरको सारंगी( ४६ करोड ८७ लाख रुपैयाँ
२. कबड्डी ४( २१ करोड ४० लाख रुपैयाँ
३. १२ गाउँ( १९ करोड ९२ लाख रुपैयाँ
४. परान( १७ करोड ७६ लाख रुपैयाँ
५. छक्कापञ्जा ४( १७ करोड ५३ लाख रुपैयाँ
६. जारी( १७ करोड ४८ लाख रुपैयाँ
७. छक्कापञ्जा( १६ करोड १० लाख रुपैयाँ
८. महाजात्रा( १५ करोड ६७ लाख रुपैयाँ
९. छक्कापञ्जा ५( १५ करोड २० लाख रुपैयाँ
१०. कोहिनुर( १४ करोड ७५ लाख रुपैयाँ
११. छक्कापञ्जा २( १४ करोड ५१ लाख रुपैयाँ
१२. आबाट आमा( १३ करोड २० लाख रुपैयाँ
१३. शत्रु गते( १२ करोड ६५ लाख रुपैयाँ
१४. जेरी अन टप( १२ करोड २८ लाख रुपैयाँ
१५. ऊनको स्वीटर( १० करोड ६२ लाख रुपैयाँ
१६. कबड्डी कबड्डी( १० करोड ३५ लाख रुपैयाँ
१७. बोक्सीको घर( १० करोड १० लाख रुपैयाँ
१८. छ माया छपक्कै( ९ करोड ९२ लाख रुपैयाँ
१९. लालीबजार( ९ करोड ३१ लाख रुपैयाँ
२०. लुट २( ९ करोड २१ लाख रुपैयाँ
२१. दिमाग खराब( ८ करोड ९८ लाख रुपैयाँ
२२. अञ्जीला( ८ करोड ८३ लाख रुपैयाँ
२३. परदेशी २( ७ करोड ९२ लाख रुपैयाँ
२४. छक्कापञ्जा ३( ७ करोड ८३ लाख रुपैयाँ
२५. प्रेमगीत ३( ७ करोड ६३ लाख रुपैयाँ
२६. कबड्डी कबड्डी कबड्डी( ७ करोड ५९ लाख रुपैयाँ
२७. पूजार सार्की( ७ करोड ३८ लाख रुपैयाँ
२८. महापुरुष( ७ करोड ३५ लाख रुपैयाँ
२९. कबड्डी( ७ करोड ३४ लाख रुपैयाँ
३०. पशुपति प्रसाद २, भस्मे डन( ७ करोड ३२ लाख रुपैयाँ
३१. आगो( ७ करोड २० लाख रुपैयाँ
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd