logo

२०८३ साउन १० आइतबार

लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक

लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक

  • Pradip
  • बिहिबार, ७ साउन २०८३
377
SHARES
लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक

आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा सहिमा श्रेष्ठ र रवी ओडको स्वर रहेको छ । सार्वजनिक गीतलाई मनोरञ्जनात्मक डान्सिङ नम्बरका रूपमा तयार गरिएको निर्माण पक्षले जनाएको छ ।
कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजालको नृत्य तथा अभिनय देख्न सकिन्छ । निर्माण टिमले गीतको अडियोसँगै भिडियोले पनि दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरेको छ ।
राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म आहा फिल्मस्को ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको हो । सौरभ ओली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोका हुन् भने कार्यकारी निर्माता दिनेशराज बुढाथोकी रहेका छन् ।
फिल्ममा मुकुन, जानुका, श्रीकृष्ण, मेनुका र केशवसँगै धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम र विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ । ‘लज्जावती’ नेपालसँगै क्यानडामा पनि साउन २९ गतेदेखि एकसाथ प्रदर्शनमा आउनेछ । देशभर फिल्मको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ ।




बिहिबार, ७ साउन २०८३
सम्बन्धित समाचार
Go