logo

२०८३ असोज १ बिहिबार

‘एलिफेन्ट्स इन द फग’बाट बाढीपीडितलाई सहयोग, फ्रान्समा विशेष प्रदर्शन हुँदै

‘एलिफेन्ट्स इन द फग’बाट बाढीपीडितलाई सहयोग, फ्रान्समा विशेष प्रदर्शन हुँदै

  • kollywood 1
  • बिहिबार, १ असोज २०८३
39
SHARES
‘एलिफेन्ट्स इन द फग’बाट बाढीपीडितलाई सहयोग, फ्रान्समा विशेष प्रदर्शन हुँदै

नेपालबाट ओस्कारका लागि सिफारिस भएको चलचित्र **‘एलिफेन्ट्स इन द फग’**ले नेपालका बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि फ्रान्समा विशेष प्रदर्शन गर्ने भएको छ।

कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार जितेको यो चलचित्रको फ्रान्सेली प्रदर्शन सेप्टेम्बर २३ बाट सुरु हुँदैछ। त्यसको पूर्व?सन्ध्यामा सेप्टेम्बर १७ मा पेरिसस्थित यूजीसी लेस हाल्समा विशेष प्रदर्शन आयोजना गरिनेछ।

निर्देशक अविनाश विक्रम शाहको उपस्थितिमा हुने उक्त कार्यक्रममा फ्रान्सेली वितरकबाट प्राप्त हुने आम्दानी नेपालमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितका लागि स्थापना गरिएको सरकारी कोषमा प्रदान गरिने बताइएको छ। कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूतको समेत सहभागिता रहनेछ।

यसअघि चलचित्र टोलीले काठमाडौंमा पनि विशेष प्रदर्शन गर्दै त्यसबाट संकलित रकम बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप कोषमा सहयोग गरेको थियो।

जंगली हात्तीको आतंकबाट प्रभावित एक अल्पसंख्यक समुदायको कथामा आधारित चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मालगायत कलाकारको अभिनय छ।

नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको चलचित्र अहिले नेपालका हलमा प्रदर्शन भइरहेको छ।


बिहिबार, १ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go