logo

२०८३ असोज १ बिहिबार

‘झिंगेदाउ–२’ नितान्त नयाँ र काल्पनिक कथा : निर्देशक देउजा

‘झिंगेदाउ–२’ नितान्त नयाँ र काल्पनिक कथा : निर्देशक देउजा

  • kollywood 1
  • बिहिबार, १ असोज २०८३
0
SHARES
‘झिंगेदाउ–२’ नितान्त नयाँ र काल्पनिक कथा : निर्देशक देउजा

चलचित्र ‘झिंगेदाउ–२’ नितान्त नयाँ र काल्पनिक कथामा आधारित रहेको निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले बताएका छन्। असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा समाजमा रहेको छोराबुहारी र घरपरिवारबीचको द्वन्द्वलाई कथाको मुख्य विषय बनाइएको उनले बताए।

२०७९ सालमा प्रदर्शनमा आएको ‘झिंगेदाउ’को सफलतापछि दर्शकको माग र समय–परिवेशलाई ध्यानमा राखेर दोस्रो भाग निर्माण गरिएको देउजाको भनाइ छ। उनका अनुसार सिक्वेलमा पहिलो भागभन्दा फरक कथा भए पनि अघिल्लो चलचित्रको स्वाद र मर्मलाई कायम राख्ने प्रयास गरिएको छ। चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ।


बिहिबार, १ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go