logo

२०८३ असोज ६ मंगलबार

‘आ बाट आमा २’को टिजर सार्वजनिक

‘आ बाट आमा २’को टिजर सार्वजनिक

13
SHARES
‘आ बाट आमा २’को टिजर सार्वजनिक

दसैंको छेको पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’को टिजर सार्वजनिक गरिएको छ। चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म असोज ३० गतेदेखि हलमा आउने तयारीमा छ।

सार्वजनिक टिजरले आमासँगको भावनात्मक सम्बन्धलाई कथाको केन्द्रमा राखेको संकेत गर्छ। विपना थापा र पल शाहलाई आमा–छोराको भूमिकामा प्रस्तुत गरिएको टिजरले आमाको माया र महत्त्व बुझ्न ढिला गर्न नहुने सन्देश दिन खोजेको छ।

टिजरमा पल शाहले निर्वाह गरेको कृष्ण पात्र आमालाई गुमाउने डरमा देखिन्छ। व्यस्त जीवनशैलीका कारण आमासँग पर्याप्त समय बिताउन नसकेको पीडा उनको संवादमार्फत प्रस्तुत गरिएको छ। यही भावनात्मक पक्षले फिल्मको मूल कथातर्फ संकेत गरेको छ।

फिल्मको कथामा कृष्ण र मलिका महतबीचको प्रेमसम्बन्धलाई समेत टिजरमा समेटिएको छ। पारिवारिक सम्बन्ध, आमाप्रतिको माया र प्रेमकथाको संयोजन फिल्ममा देख्न पाइने संकेत टिजरले गरेको छ।

आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा विपना थापा, पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, गजित विष्ट, निकिता आचार्यलगायत कलाकारको अभिनय छ। ‘मेरो डान्स युनिभर्स सिजन २’की विजेता रिश्ता गुरुङले यही फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी छन्।

चन्द्र पन्तकै लेखन रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, बाबुल गिरीको संगीत तथा राम–लक्ष्मण सन्चुरीको द्वन्द्व निर्देशन छ। गम्भीर विष्टको कोरियोग्राफी र राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ।

‘आ बाट आमा २’ गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’को सिक्वेल हो। पहिलो भागले नेपालमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ।


मंगलबार, ६ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go