logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • ‘बेहुली फ्रम मेघौली’ को गीत सार्वजनिक

    ‘बेहुली फ्रम मेघौली’ को गीत सार्वजनिक

    • E24 Nepal
    • शुक्रबार, २२ असार २०८१
    455
    SHARES
    ‘बेहुली फ्रम मेघौली’ को गीत सार्वजनिक

    आगामी असोज १७ गते अर्थात् घटस्थापनाको दिन प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको गीतमा कुशल पोखरेलको स्वर र शव्द रहेको छ भने रोहित शाक्यको संगीत उत्पादन छ । गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतसहित दीपाश्री निरौला, प्रदीप खड्का, बेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, धीरज मगर, नाजीर हुसेन, शिल्पा मास्केलगायत देखिएका छन् ।
    स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेको यो फिल्मलाइ साजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन । फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, बसुन्धरा भुसाल, रक्षा थापा, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको छ ।



    स्वस्तिमाले पहिलोपटक निर्माण गरेको यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी तथा जयन जे वाइवा र कुशल पोखरेलको संगीत रहेको छ ।


    शुक्रबार, २२ असार २०८१
    सम्बन्धित समाचार
    Go