logo

२०८३ भाद्र २३ मंगलबार

‘मायालु’मा आकृति बुढाथोकीको प्रवेश

‘मायालु’मा आकृति बुढाथोकीको प्रवेश

  • kollywood 1
  • शनिबार, ६ भाद्र २०८३
299
SHARES
‘मायालु’मा आकृति बुढाथोकीको प्रवेश

प्रवेश पौडेलको निर्देशनमा निर्माण हुन लागेको फिल्म **‘मायालु’**मा अभिनेत्री आकृति बुढाथोकी मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । निर्देशक पौडेलले आकृतिलाई फिल्मको प्रमुख भूमिकाका लागि छनोट गरेका हुन् ।

नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी आकृतिले यसअघि फिल्म **‘मुक्तिपुर’**मा अभिनय गरेकी छन् । ‘मुक्तिपुर’ प्रदर्शनको तयारीमा रहेको अवस्थामा ‘मायालु’ उनको दोस्रो फिल्म बन्नेछ । अभिनयसँगै उनले मोडलिङसमेत गर्दै आएकी छन् ।
‘मायालु’मा यसअघि नै अभिनेता कबीर खड्का अनुबन्धित भइसकेका छन् । फिल्ममा कबीर र आकृतिको जोडी देखिनेछ । निर्देशक पौडेलका अनुसार फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुनेछ ।

निर्देशक पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरिसकेका छन् । ‘मायालु’ उनको निर्देशनमा बन्ने तेस्रो फिल्म हो । फिल्मको कथा पौडेलकै रहेको छ भने पटकथा अनिल कुर्मीले तयार पार्दैछन् ।

सितारा र कबीर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुरेन्द्र रावल र सह–निर्माता विवेक पौडेल रहेका छन् । फिल्मको छायांकन नेपाल र अस्ट्रेलियामा गरिने निर्माण पक्षले जनाएको छ।


शनिबार, ६ भाद्र २०८३
सम्बन्धित समाचार
Go