असार ७ गते शुक्रबार देखि दुइ नेपाली फिल्म ‘दान्भी’ र ‘आचार्य’ प्रदर्शनमा आएका छन । यिमध्ये ‘दान्भी’ मात्र ‘फ्रेस’ फिल्म हो भने ‘आचार्य’ भने १३ वर्षपछि पुनः प्रदर्शन भएको हो ।
महिला केन्द्रित एक्सन फिल्म कमै बनिरहेको समयमा ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा प्रस्तुत छिन् । पहिलोपटक उनले एक्सन भूमिका गरेकी हुन् । यतिवेला पुजालाइ कोहीले लेडि टाइगरको टाइटल दिइरहेका छन भने कसैले उनको एक्सन माथि नै प्रश्न गरिरहेका छन । बदलाको कथालाइ प्रस्तुत गरिएको फिल्ममा अभिनेत्री पूजा शर्मा हाबी छिन् । उनी कयौं गुन्डासँग एक्लै भिडिरहेकी छन् । ट्रेलरमा पूजालाइ रोमान्टिक र एक्सनमा प्रस्तुत गरिएको छ । डेब्यु अभिनेता कुन्साङ बम्जनसँग उनको प्रेम बसेको छ । पछि कुन्साङको हत्याको बदला लिन उनी मारकाटमा उत्रिन्छिन् ।
रुपेश तामाङको निर्देशन रहेको यो फिल्मलाइ देव मगर र अनुप गडालले निर्माण गरेका हुन । फिल्ममा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा र संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत रहेको छ ।
त्यस्तैै आर्चाय भजन सम्राट भक्तराज आर्चायको जीवनीमा आधारित फिल्म हो । प्रशान्त रसाइलीले निर्देशन गरेको यो फिल्ममा भक्तराजको भुमिकाका उनकै जेठा छोरा सत्यराज आर्चायले अभिनय गरेका छन । सन २०११ प्रदर्शन भैसकेको यो फिल्म दर्शकका अनुरोधमा निर्माण टिमले फेरी प्रदर्शन गर्न लागेको हो । फिल्ममा सत्यराजको अलावा अरुणा कार्की, सुनिल पोखरेल,दयाहाङ राइ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा भक्तराज आर्चायको संगीत, शैलेँद्र डि कार्कीको छायाकन,रीक र्वफको पटकथा, रहेको छ । फिल्मलाइ रोशन राइले निर्माण गरेका हुन ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd