पछिल्लो समयमा फिल्मकर्मी विच विवाद हुनु सामान्य भै सकेको छ । कहिले व्यक्तिगत कारणले त कहिले व्यवसायिक कारणले विवाद भैरहेको छ । वोक्सीको घर रिलिज हुन अगाडी फिल्मको निर्माता तथा कलाकार केकी अधिकारी र निर्देशक सुलक्षण भारती विच निकै राम्रो सम्वन्ध थियो । फिल्म ‘बोक्सीको घर’ले राम्रो व्यापार गर्छ भनेर कसैले पनि सोचेका थिएनन । तर यो फिल्म बक्स अफिसमा नपत्याउने खोला बनेर निस्कियो । फिल्मले हलमा प्रदर्शनको ५१औं दिन मनाउँदै १० करोडमाथि व्यापार गरेको छ । यो फिल्मबाट सबैभन्दा बढी फाइदा अभिनेत्री केकी अधिकारीलाई भएको छ । निर्मात्री समेत भएकाले उनले निकै ठूलो मुनाफा कमाएकी छन् । यता फिल्म वक्स अफिसमा सफल भैरहदा टिमभित्र भने मनमुटाव सुरु भएको छ । लेखक तथा निर्देशक सुलक्षण भारतीले गत आइतबार केकीप्रति लक्षित गर्दै स्टाटस लेखेपछि टिमभित्रको मनमुटाव सहतमा आएको हो । उनले ‘काम गर्ने कालु माम खाने आलु’ भन्दै केकीप्रति घुमाउरो रुपमा कटाक्ष गरेका छन् । र, सर्जकको रुपमा आफ्नो मृत्यु भएको अनुभव गरिरहेको समेत उनले स्टाटसमा उल्लेख गरेका छन् । भारतीले स्टाटस लैख्दै
‘यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि ‘बोक्सीको घर’को कार्यक्रममा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु । जसले जे काम गरेको छ त्यसको उचित मुल्यांकन हुन पनि जरुरी छ वा छैन ?,’ कलाकार समेत रहेका सुलक्षणले लेखेका छन् ।
आर्थिक तथा सामाजिक रुपमा कमजोर भएकाले वेवास्ता गरिएको उनको आरोप छ । उनी प्रश्न गर्दै अगाडि लेख्छन्, ‘के लेखक र निर्देशकलाई यसरी वेवास्ता गर्न मिल्छ ? बौद्धिक चोरी भनेको के हो ? ‘बोक्सीको घर’ आखिरमा कसले बनाएको फिल्म हो ? अब फेरि जीवनमा म जस्ताले फिल्म किन र केका लागि बनाउने ?’ उनले ‘हिपोक्रेसी’ चरण विन्दूमा पुगेको हो भन्दै प्रश्न गरेका छन् ।
निर्देशकले सामाजिक संजालमा असन्तुष्टि पोखी रहदा निर्माता केकी अभिकारी भने मौन छिन । उनी फिल्म चलाउन विदेश दौडाहामा छिन । फिल्म रिलिजपछि केकी र भारतीले एकसाथ विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझेका थिए । पहिलो हप्ता नै फिल्म ‘सुपरहिट’ भएपछि उनीहरुले ‘बोक्सीको घर’को सिक्वेल बनाउने समेत घोषणा गरेका थिए । निर्देशक सुलक्षण भारतीको असन्तुष्टि सामाजिक संजालमा आएपछि अव केकी र भारतीको सम्वन्ध माथि प्रश्न उठेको छ भने ‘बोक्सीको घर’को सिक्वेल निर्माण हुने कुरापनि अन्योलमा परेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd