नेपाली फिल्म उधोगमा एकपछि अर्को करोड कमाउने व्राण्ड छक्कापन्जाको सिक्वेल ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली फिल्म बनेको छ । शुक्रवारसम्म यसलाई ३५ मिलियन पटक हेरिएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको यो फिल्ममा दीपकराज गिरी र दीपिका प्रसाईंको शीर्ष भूमिका छ । यो फिल्मले गाउँको विद्यालयमा शैक्षिक सुधारको कथा भन्छ । यसैगरि ‘छक्कापञ्जा २४ मिलियन, ‘छक्कापञ्जा २ २६ मिलियन पटक हेरिएको छ ।
छक्का पन्जाको टिम यतिबेला ‘छक्कापञ्जा ५’ को छायांकन चलिरहेको छ । काभ्रेको विभिन्न स्थानमा छायांकन भइरहेको यो फिल्ममा दीपक र वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको छ । यो फिल्म दशैं को वेला २४ असोजमा रिलिज गर्ने तयारी छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd