अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘१२ गाउँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । आगामी दशैंमा प्रदर्शनमा आउने यो फिल्मबाट भट्टका छोरा समीरले डेब्यु गर्दैछन् ।
निर्माणको घोषणादेखि नै फिल्मले चर्चा वाइरहेको वेला यो फिल्मले नेपाली फिल्मको एक्सनलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने विश्वास निर्देशक तथा अभिनेता भट्ट वताउछन । फिल्मको चर्चा भइरहदा यहि फिल्मवाट डेब्यु गर्दै गरेका समीरलेपनि चर्चा पाइरहेका छन । समिरले लामो समयदेखि मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर डेब्यु गरेका हुन् । समीरले मुम्बईमा किशोर–नमितबाट अभिनय प्रशिक्षण लिएका थिए । यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियो मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, सुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ । विराज भट्ट फिल्म प्रडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा न्तोष सरकारको पटकथा तथा संवाद लेखन, महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको डान्स कोरियोग्राफी, प्रवीण केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd