logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • ‘सतीदेवी’ प्रदर्शन अव भदौ ७ गते

    ‘सतीदेवी’ प्रदर्शन अव भदौ ७ गते

    • E24 Nepal
    • मंगलबार, १९ असार २०८१
    559
    SHARES
    ‘सतीदेवी’ प्रदर्शन अव भदौ ७ गते

    आगामी साउन ४ गते देखि प्रर्दशनको तयारीमा रहेको फिल्म ‘सतीदेवी’ उक्त दिनवाट प्रदर्शन नहुने भएको छ । फिल्म निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ७ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण कम्पनी दिलासा क्रिएशनले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले गर्दा फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ ।




    संचारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा यो फिल्ममा मालिका महत, हर्षिका वली, मन्जिला बाँनियाँ, सृजना अधिकारी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, भोलाराज सापकोटाआदिको अभिनय रहेको छ । प्रदर्शन पुर्व नै यो फिल्मले केही फेस्टिभलमा अवार्ड समेत जितिसकेको छ । पिःल्मलाइ विशाल सुवेदी र श्रीदेवी सुवेदीले निमा्र्रण गरेका हुन ।
    दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको ‘सतीदेवी’मा निर्देशक सुवेदी स्वयंको स्क्रिप्ट लेखन तथा निर्माण छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।


    मंगलबार, १९ असार २०८१
    सम्बन्धित समाचार
    Go