राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन मितिमा हेरफेर भएको छ । मुख्य कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने चित्रित एक पोस्टर सार्वजनिक गर्दै यो फिल्म आगामी साउन २५ लाई प्रदर्शन गिर्ने घोषणा गरिएको हो । यसअघि गत वर्षको भदौ १ र माघ १९ गरी दुईपटक प्रदर्शन मिति घोषणा गरिए पनि पछि पोस्टपोन्ड भएको थियो । प्रेम सम्बन्धमा आउने उतार–चढावको कथालाई प्रस्तुत गरिएकोे फिल्मले सुन बनाउने सुनारको पुरानो चलनलाई पनि प्रस्तुत गरेको छ ।
फिल्ममा सरोज खनाल, किरण नेपाली, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, सविन बास्तोला, लगायतको अभिनय रहेको छ । शिवम् अधिकारीको पटकथा तथा संवाद, रामजी लामिछानेको नृत्य निर्देशन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन रहेको यो फिल्मलाइ सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd